न्युयोर्कबासीले यसैहप्तादेखि पूरै ११ हप्ताको अतिरिक्त ३ सय डलर पाउने


प्रकाशित मिति : पुस १५, २०७७ बुधबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राहत प्याकेजमा हस्ताक्षर गर्न एकदिन ढिलो गरेका कारण कतिपय राज्यहरुले १० हप्ताका लागिमात्र बेरोजगारी विमाका अतिरिक्त साप्ताहिक ३ सय पाउने देखिएको छ । तर न्युयोर्कबासीहरुले पूरै ११ हप्ताको अतिरिक्त ३ सय डलर पाउने भएका छन् ।

न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले जनवरी ३ मा समाप्त हुने सातादेखि नै अर्थात् यो साताको समेत बेरोजगारी विमा र संघीय सरकारले प्रदान गर्दे अतिरिक्त साप्ताहिक तीनसय न्युयोर्कबासीले प्राप्त गर्ने घोषणा गरेका छन् । अर्थात् न्युयोर्कबासीले कुनै पनि हप्ताको रकम नगुमाउने भएका छन् ।

न्युयोर्कबासीले जनवरी ३ मा साप्ताहिक प्रमाणिकरण गरिसकेपछि नियमित विमा रकम र अतिरिक्त ३ सय डलर उनीहरुको खातामा आउन सुरु हुनेछ । यो कार्यक्रम नियमित बेरोजगारी विमाका अतिरिक्त पीयुए, महामारी आपतकालिन बेरोजगारी क्षतिपूर्ति पीईयुसी र संघीय महामारी बेरोजगारी क्षतिपूर्ति एफपीयुसी कार्यक्रममा समेत लागु हुनेछ ।

आवेदकहरुले अतिरिक्त सुविधा प्राप्त गर्न न्युयोर्कको डिपार्टमेन्ट अफ लेवरमा फोन गर्न आवश्यक नभएको जनाइएको छ । यदि बेरोजगारी सुविधा लिन सुरु गरेको ५२ हप्ता पूरा भएको छैन भने साप्ताहिक प्रमाणिकरण गरेमात्र उक्त थप सुविधा र रकम प्राप्त हुनेछ । यदि ५२ हप्ताको अवधि समाप्त भएको छ भने र पहिले नै थप सुविधाका लागि आवेदन दिनुभएको छैन भने अनलाइनबाट नयाँ आवेदन दिनुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अब न्युयोर्कबासीले महामारी बेरोजगारी सहायता अन्तरगत मार्च १४ सम्म अधिकतम ५७ हप्तासम्म सुविधा लिन सक्नेछन् । अहिले पीयुए पाइरहेकाहरुले नियमित रुपमा साप्ताहिक प्रमाणिकरण गरे पुग्छ । तर संघीय सरकारका अनुशार जनवरी ३१ पछि भने थप योग्यताका कागजातहरु आवश्यक पर्नसक्छ । यदि थप कागजातको आवश्यकता परेमा डिपार्टमेन्ट अफ लेवरले आवेदकलाई सिधै सम्पर्क गर्ने जनाएको छ ।

न्युयोर्कबासीले महामारी आपतकालिन बेरोजगारी क्षतिपूर्ति पीईयुसी २४ हप्तासम्म प्राप्त गर्न सक्नेछन् । सुरुमा यो १३ हप्ताका लागिमात्र थप गरिएको थियो । अब ११ हप्ता थपेर मार्च १४ सम्म बनाइएको छ । राज्यको सुरुको २६ हप्ताको सुविधा लिइसकेकाहरुले साप्ताहिक प्रमाणिकरण जारी राखेपछि यो कार्यक्रम स्वतः जोडिन्छ ।

त्यस्तै संघीय महामारी बेरोजगारी क्षतिपूर्ति एफपीयुसी पनि जनवरी ३ मा समाप्त हुने साताबाट सकृय भएको छ । यो कार्यक्रम ११ हप्ताका लागिमात्र अर्थात् मार्च १४ सम्मका लागि थपिएको छ । यो कार्यक्रमका कारण परम्परागत बेरोजगारी विमा वा पीयुए लिइरहेका न्युयोर्कबासीको सुविधा मार्च १४ सम्म स्वत थपिनेछ । यो कार्यक्रम अन्तरगत पुराना हप्तामा रकम नपाएकाहरुले अहिले रकम पाउने छैनन् । जनवरी ३ मा समाप्त हुने साताबाटमात्र रकम पाउनेछन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com