संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्दैछ । कांग्रेसले आज देशका १६५ वटै निर्वाचन क्षेत्रबाट सरकारको विरोध गर्नेछ ।
प्रदर्शनका लागि कांग्रेसका शीर्ष नेताहरू आ आफ्नो निर्वाचन क्षेत्र पुगेका छन् । तर, सभापति शेरबहादुर देउवा भने आफ्नो निर्वाचन क्षेत्रमा जाने छैनन् । कार्यव्यस्तताको कारण देउवाले भक्तपुरको विरोध सभालाई सम्बोधन गर्ने स्रोतले बताएको छ ।
यस्तै, विरोध कार्यक्रमका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ पुगेका छन् भने प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नम्बर १को विरोध सभालाई सम्बोधन गर्नेछन् । गगन थापा नेपालगञ्जको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।