शेरबहादुर तामाङ दम्पतीले छोडे ओली समूह
प्रकाशित मिति : पुस ९, २०७७ बिहीबार

संघीय सांसद शेरबहादुर तामाङ र प्रदेश सांसद उषाकला राई दम्पतीले ओली समूहको केन्द्रीय सदस्य पद अस्विकार गरेका छन् ।
बिहीबार बिहान संयुक्त्त विज्ञप्ती जारी गर्दै तामाङ र प्रदेश १ की सांसद उषाकलाले आफुहरु विघटित संसदको पक्षमा नरहेको र ओली समुहको केन्द्रीय सदस्य स्विकार गर्न नसक्ने बताएका हुन् ।
प्रदेश १ सांसद उषाकला खोटाङकी हुन् भने संघीय सांसद तथा पुर्व कानुनमन्त्री शेरबहादुर तामाङ सिन्धुपाल्चोक जिल्लाका हुन् ।
श्रीमती उषाकला र श्रीमान शेरबहादुर दम्पत्तीले थालेको अभियानले गर्दा गाँजा खेती कानुनी मान्यता दिलाउने विधेयक संसदमा दर्ता भइसकेको थियो । साथै उनीहरुले घरेलु रक्सीलाई ब्राण्डिङ बनाउनका लागि अभियान चलाइरहेका छन् ।
संयुक्त्त विज्ञप्ती:-