आउन थाले पर्यटक


प्रकाशित मिति : पुस ८, २०७७ बुधबार

आठ महिनापछि हनुमानढोका क्षेत्रमा क्रमिकरूपमा पर्यटक आउन थालेका छन् । विश्वभरि फैलिएको कोरोना भाइरस सङ्क्रमण त्रासका कारण गत चैतको पहिलो सातादेखि अवलोकनका लागि पूर्णरूपमा बन्द रहेको हनुमानढोका खुला भएसँगै आन्तरिक र बाह्य पर्यटक आउन थालेका हुन् ।

यहाँ अहिले दैनिक १०० पर्यटक आउने गरेका छन् । आन्तरिकको तुलनामा बाह्य पर्यटक कम छन् । हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालका अनुसार हरेक दिन आगन्तुकहरु आउने क्रम बढेको छ । गत मङ्सिर ३ गतेबाट पुनः सञ्चालनमा आएको वसन्तपुर क्षेत्रमा विद्यालय सञ्चालनमा नआएकाले आन्तरिक पर्यटक पनि अपेक्षाअनुरुप आएका छैनन् ।

यहाँ अवलोककर्ताको प्रवेश शुल्कबाट नै वार्षिक करिब रु १२ करोडसम्म असुल हुने गरेको थियो । प्रवेशका लागि विदेशीलाई रु एक हजार र नेपालीका लागि भने रु ३० निर्धारण गरिएको छ । राणाकालीन र मल्लकालीन वस्तुकला नै मुख्य आकषर्णको केन्द्र बनेको वसन्तपुर क्षेत्रमा भूकम्पका कारण पूर्णरूपमा क्षति भएको ऐतिहासिक सम्पदाको पुनःनिर्माणको काम पनि भइरहेको छ ।

अड्डाले गद्दी बैठक पनि अवलोकनकर्ताका लागि खुला गर्ने तयारीे रहेको बताएको छ । भूकम्पकै कारण भत्किएको गद्दी बैठकको पुनःनिर्माण काम सम्पन्न भइसकेको छ । वसन्तपुरको प्रमुख सम्पदाको रूपमा रहेको काष्ठमाण्डप पनि आगामी वैशाखमा पुनःनिर्माण सम्पन्न हुने गरी निर्माणको काम अघि बढिरहेको छ । कोरोनाकै कारण केही समय पुनःनिर्माणको काममा बाधा आए पनि पछिल्लो समय तीव्ररूपमा काम भइरहेको छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com