संसद विघटनको सिफारिस बादरको हातमा बेल : कांग्रेस


प्रकाशित मिति : पुस ५, २०७७ आईतबार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको सिफारिस गैर जिम्मेवारीपूर्ण भएको बताएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो । कांग्रेसले त्यस कदमको घोर भत्सर्ना गर्दै प्रतिवाद गर्ने जनाएको हो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान संविधानमा संसद् विघटनको प्रावधान नभएको बताएका छन् । उनले संसद् विघटनको सिफारिस राष्ट्रपतिले स्वीकार गर्न नहुने र फिर्ता गर्नुपर्ने बताए । उनले उक्त कदमको भत्र्सना समेत गरेका छन् ।

‘‘मन्त्रिपरिषद्बाट संसद् विघटनको सिफारिस भएको सूचना प्राप्त भएको छ,’’ उनले ट्वीटमा लेखेका छन्, ‘‘यो संविधानविपरीत छ, लोकतन्त्रको मर्मविपरीत छ र राष्ट्रहितविपरीत छ । अहिलेको संविधानअनुरुप विघटन गर्न मिल्ने प्रावधान छैन र राष्ट्रपतिले यसलाई स्वीकार गर्न हुँदैन । यो फिर्ता गर्नु पर्दछ ।’’

कांग्रेसका उपभापति विमलेन्द्र निधिले विमलेन्द्र निधिले संसद विघटनको सिफारिसलाई बादरको हातमा बेलको संज्ञा दिएका छन् । ‘यो कदमले मलाई आश्चर्य लागेन ।’ उनले भने, ‘बादरको हातमा बेल दिएपछि यस्तै हुन्छ । जनताले कम्युनिष्टलाई सरकारमा पु¥याएपछि यस्तै हुन्छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै कांग्रेस महामन्त्री शशांक कोइरालाले दलभित्रको आन्तरिक झगडाको आवेगमा प्रधानमन्त्री केपी ओलीको संसद् विघटन गर्ने सिफारिस असंवैधानिक र गैरजिम्मेवारपूर्ण भएको बताएका छन् । उनले भने, ’यसले मुलुकमा फेरि द्वन्द्व र अस्थिरताको डरलाग्दा श्रृखंला निम्त्याउनसक्छ । यो गलत कदमलाई राष्ट्रपतिले सच्चाउनुपर्छ ।’

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद विघटनको सिफारिस गैर जिम्मेवारीपूर्ण भएको बताएका छन् । कोइरालाले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । ‘संसद विघटनको सिफारिस असंबैधानिक मात्र होइन अत्यन्तै गैरजिम्मेवारपुर्ण पनि छ। राष्ट्रपतिले यो प्रस्ताव कुनै पनी हालतमा स्विकृत गर्नुहुन्न’, कोइरालाले ट्विट गरेका छन् ।

यस्तै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको कदमलाई नेपाली काँग्रेसले राजनैतिक रूपमा प्रतिवाद गर्ने बताए । ‘प्रधानमन्त्रीको कदमलाई नेपाली काँग्रेसले राजनैतिक रूपमा प्रतिवाद गर्ने छ । उनले भने, ‘संविधान र लोकतन्त्र रक्षाका लागि एक जुट हौं । अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याइने छ ।’

यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सत्तारुढ नेकपालाई जनताले दिएको मतको वैधता सकिएको बताएका छन् । उनले ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता सकिएको बताएका हुन् ।

‘संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ । प्रधानमन्त्रीज्यूले लहडमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ ।’ नेता थापाले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्,‘यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे ब्याख्या भए पनि ३ वर्ष अगाडी जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससंगै सकिएको छ।’

तर, प्रधानमन्त्री ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरेर संसद विघटनको सिफारिस गरेको देखिन्छ । नेपालको संविधानमा संसद विघटनसम्बन्धी प्रावधान स्पष्ट छैन। संविधानको धारा ८५ को १ मा ’यस संविधान बमोजिम अगावै विघटन भएकामा बाहेक प्रतिनिधि सभाको कार्यकाल ५ वर्षको हुनेछ’ भन्ने उल्लेख छ।

संविधानको धारा ७६ को उपधारा ७ को ५ मा प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरि ६ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्ने उल्लेख छ।

यद्यपी, विघटनको प्रस्ताव राष्ट्रपतिबाट स्विकृत भने भैसकेको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com