नोभेम्बरमा काठमाडौंको अमेरिकी दूतावासबाट भिसा पाउनेहरु घटे, ३ सय ३ जनालाई भिसा


प्रकाशित मिति : पुस ४, २०७७ शनिबार

नियमित भिसा सेवा बन्द भएपनि अमेरिकी दूतावास काठमाडौंले विभिन्न प्रकारका भिसाहरु जारी गरिरहेको छ । तर अक्टोबरको तुलनामा नोभेम्बरमा भिसा पाउनेहरु भने घटेका छन् । काठमाडौं दूतावासबाट आर्थिक बर्ष २०२१ को पहिलो महिना अक्टोबरमा मात्र ५३७ ले भिसा पाएकोमा नोभेम्बरमा जम्मा ३०३ जनाले भिसा पाएको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

नोभेम्बरमा काठमाडौं दूतावासबाट जारी भिसा श्रेणीसहित

 

नोभेम्बरमा काठमाडौं दूतावासबाट जारी भिसा श्रेणीसहित

नोभेम्बरमा ५८ जना अमेरिकी नागरिकका दम्पत्तिहरुले काठमाडौं दूतावासबाट भिसा पाएका छन् भने एकजना डिभी विजेताले भिसा पाएका छन् । नोभेम्बरमा काठमाडौंमा रहेको दूतावासबाट १९६ जनाले बी वान बी टु भिजिटर भिसा प्राप्त गरेका छन् । नोभेम्बरमा १० जनाले एक्सचेन्ज भिजिटर जे वान भिसा प्राप्त गरेका छन् ।

अक्टोबरमा भने काठमाडौं दूतावासबाट सबैभन्दा धेरै ४०४ जनालाई बी वान बी टु भिजिटर भिसा प्रदान गरिएको थियो । कोरोनाको महामारी कारण नियमित भिसा सेवा बन्द रहेकाले यसरी भिजिटर भिसा पाउनेहरुमध्ये अधिकांश भिसा नविकरण गर्नेहरु रहेका छन् । भिसा नविकरणका लागि दूतावासमा अन्तरवार्ताका लागि उपस्थीत हुन पर्दैन ।

अक्टोबरमा ८ जनालाई कुटनीतिक भिसा जारी गरिएको थियो । त्यस्तै अन्तर्राष्ट्रिस संस्थामा काम गर्ने ४ जनालाई जीफोर भिसा प्रदान गरिएको थियो भने ४ जनालाई एक्सचेन्ज भिजिटर जे भिसा प्रदान गरिएको थियो ।

४६ जना अमेरिकी नागरिकका दम्पत्तिका लागि काठमाडौं दूतावासबाट शर्तसहितको सीआर वान भिसा जारी गरिएको छ भने ४१ जना अमेरिकी नागरिकका दम्पत्तिका लागि नियमित आईआर वान भिसा जारी गरिएको थियो । अमेरिकी नागरिकका छोराछोरी ९ जना र बुबाआमा १२ जनाले पनि अक्टोबरमा अमेरिकी दूतावास काठमाडौंबाट भिसा पाएका थिए ।

अक्टोबरमा एकजना डिभी लोटरी विजेतालाई भिसा जारी गरिएको उल्लेख छ भने ग्रिनकार्डवाहकका अविवाहित छोराछोरी एकजना, अमेरिकी नागरिकका २१ बर्ष कटेका दाजुभाई दिदीबहिनीहरु २ जना, उनीहरुका दम्पत्ति २ जना र छोराछोरी ३ जनालाई पनि भिसा जारी गरिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशका कारण कैयन प्रकारका आप्रवासी र गैरआप्रवासी भिसा जारी गर्नमा डिसेम्बर अन्त्यसम्मका लागि रोक लागेको थियो । त्यसैले अक्टोबर र नोभेम्बरमा अमेरिकी ग्रिनकार्डवाहकका कुनै पनि दम्पत्तिलाई काठमाडौंमा रहेको दूतावासबाट भिसा जारी गरिएको छैन ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com