बुद्ध जयन्ती मनाउन बाणिज्यदुतको संयोजकत्वमा समिति, शोभा यात्रा सहितको भब्य तयारी


प्रकाशित मिति : बैशाख २४, २०७४ आईतबार

पोर्तुगल

यस बर्षको २५६१ औं बुद्ध जयन्ती पोर्तुगलमा पनि भब्य रूपमा मनाउने तयारी भएको छ,जसका लागि बाणिज्यदुत मकर हमालको संयोजकत्वमा १५१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ, जसमा पोर्तुगलमा क्रीयासिल विभिन्न संघ सस्थाका प्रतिनिधि,ब्यबसायी, समाजसेवी र पत्रकार लगायत रहेका छन् ।

नेपाली बाणिज्यदूतावास लिस्बोनमा बसेको बृहत भेलाले यहीं मे १० तारीख अर्थात बैशाख २७ गते बुधवार का दिन बुद्ध जयन्ती मनाउने निर्णय गर्दै त्यसको तयारीकालागी विभिन्न समिति र उपसमिति समेत गठन गरिएको जनाइएको छ ।

त्यस्तै,ब्यबस्थापन उपसमितिको संयोजक NRNA आइ.सि.सि. सदस्य तथा नेपालका लागि पर्यटन दुत रमेश गुरुङ रहेका छन् भने सदस्यहरुमा भीम केसी कमल, नरभुपाल राइ, धनाराज शेर्पा, गोबिन्द पौडेल लगायत रहेका छन् । यसैगरी पेम्बा शेर्पाको संयोजकत्वमा पुजा उपसमिति गठन गरिएको छ, जसमा सोनाम योन्जन, राजकुमार गुरुङ,आङ नुरी शेर्पा लगायत सदस्य रहेका छन्, यसैगरी प्रचार प्रसार उपसमितिमा बिनोद घिमिरे संयोजक रहेका छन् ।

उक्त दिन भब्य उपस्थितिका बीच शोभा यात्रा सहित लिस्बोनको मुटु मानिने मार्तिम मुनिज चोकमा बिशाल मंच बनाइ कार्यक्रम गर्ने योजना रहेको तथा नेपालको पर्यटन सम्बन्धि प्रचार प्रसार समेत गरिने ब्यबस्थापन समितिका सदस्य धनराज शेर्पाले खसोखासलाई बताएका छन् ।

कार्यक्रममा सहभागि हुन पोर्तुगलमा रहेका सम्पुर्ण नेपालीहरुलाइ आह्वान समेत गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com