नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको थियो । अर्काे बैठक आगामी पुस १ गते दिउँसाे १ बजे बस्ने भएकाे छ ।
आजको बैठक पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएको हो । आजकाे बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका थिए । मंसिर २१ गते बसेको बैठकमा भने ओली सहभागी थिएनन् ।
मंसिर २१ गते बसेको बैठकमा भने दुई अध्यक्षका प्रतिवेदन र विभिन्न पत्र अध्ययनका लागि वितरण गरिएको थियो । आगामी बैठकबाट स्थायी कमिटी सदस्यहरुले बोल्ने कार्यक्रम तय हुनेछ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।