फ्रान्समा राष्ट्रपतीय निर्वाचनका उम्मेदवार बीच एकअर्काको अपमान, मुद्दा हालाहाल


प्रकाशित मिति : बैशाख २१, २०७४ बिहीबार

फ्रान्समा राष्ट्रपतीय निर्वाचनका मध्यमार्गी उम्मेदवार एम्यानुएल म्याक्रोंले उनका प्रतिद्वन्द्वी राष्ट्रपतीय निर्वाचनकी अति दक्षिणपन्थी उम्मेदवार मारिन ल पेन विरुद्ध मुद्दा दायर गरेका छन्।

बुधबारको टेलिभिजन बहसमा आतंकवाद, अर्थतन्त्र र युरोपका विषयमा विभिन्न तर्कहरु गर्दै माक्रों र ल पेनले दुई घण्टा भन्दा बढी समय एकअर्काको अपमान गरेर बिताएका थिए।

बुधबार ति दुई उम्मेदवारबीच चर्काचर्की परेको टेलिभिजन बहसका बेला ल पेनले माक्रोंलाई विदेशी बैंक खाता, अफशोर एकाउन्ट, मा पैसा लुकाएको आरोप लगाएकी थिइन्।

तर माक्रोंले आफ्नो सामान्यतया कर छलीको उद्देश्यले खोलिने त्यस्तो कुनै पनि गोप्य बैंक खाता नभएको बताएको बिबिसीले जनाएको छ ।
टेलिभिजन बहसका बेला मारिन ल पेनले इन्टरनेटमा माक्रों विरुद्ध चलिरहेको हल्लाहरुको उल्लेख गरेकी थिइन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एमानुएल माक्रोंले क्यारीबीयन क्षेत्रमा रहेको नेभिस टापुमा कर छलीको उद्देश्यले एउटा देखावटी कम्पनी खडा गरेको भन्ने आरोप सामाजिक संजालमा निकै चर्चित रहेको छ।

त्यस्तो मनगढन्ते कहानीु अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको समर्थन गर्ने वेबसाइटहरुमा फैलाइएको थियो र रुसी स्वार्थहरुसंग सम्बन्ध भएका अन्य वेबसाइटहरुमा पनि त्यस्तो हल्ला फैलाइएको छ माक्रोंको चुनाव प्रचार टोलीका सदस्यहरुले बिबिसीलाई बताएको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com