नेपाल खुला विश्वविद्यालयको आयोजनामा स्टार सम्मेलन सुरु, तेश्रो दिन विख्यात दार्शनिक नोम चोम्स्कीले सम्बोधन गर्ने


प्रकाशित मिति : मंसिर २०, २०७७ शनिबार

नेपाल खुला विश्वविद्यालयको आयोजनामा स्टार सम्मेलन सुरु भएको छ । विश्वभरका बौद्धिकहरुको स्टार स्कलर नेटवर्कले स्थानीय आयोजकको आयोजनामा विश्वका विभिन्न देशमा स्टार सम्मेलन गर्दै आएको छ । यो बर्षको स्टार सम्मेलनको आयोजक नेपाल खुला विश्वविद्यालय रहेको र देश नेपाल तोकिएकोमा भर्चुअल रुपमा सुरु भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको प्रमुख आतिथ्यमा सम्मेलनको उदघाटन गरिएको छ । कार्यक्रममा नेपालका विभिन्न विश्वविद्यालयहरुको उपकुलपतीहरुको समेत उपस्थीति रहेको थियो । साथै नेपालका विभिन्न विश्वविद्यालयका प्राध्यापकहरु र विश्वभरका बौद्धिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

डिसेम्बर ६ देखि डिसेम्बर ८ सम्म हुने सम्मेलनको तेश्रो दिन विख्यात दार्शनिक, भाषविद तथा लेखक नोम चोम्स्कीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । चोम्स्कीले न्युयोर्क समय अनुशार डिसेम्बर ८ बेलुका ७ बजे सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । त्यतीबेला नेपाली समय डिसेम्बर ९ विहान पौने ६ बजे हुनेछ ।

चोम्स्कीका भाषा र राजनीतिबारे दर्जनौं पुस्तकहरु प्रकाशित छन् । सन् २००७ देखि सन् २०११ सम्म न्युयोर्क टाइम्समा प्रकाशित विभिन्न ओपेडहरुको संग्रह मेकिङ द फ्युचर, अकुपाई लगायतका पुस्तकहरु उहाँका पछिल्ला कृतिहरु हुन् । ९१ बर्षीय चोम्स्कीको डिसेम्बर ७ जन्मदिन समेत हो ।

चोम्स्कीको सम्बोधन हेर्न यहाँ क्लीक गर्नुहोला । 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com