रामकृष्ण ढकालको स्वरमा न्युयोर्क निवासी विष्णु पौडेलको गीतको भिडियो सार्वजनिक


प्रकाशित मिति : मंसिर १८, २०७७ बिहीबार

न्युयोर्क निवासी पत्रकार तथा गीतकार विष्णु पौडेलले १२ बर्ष पहिलो लेखेको गीत ‘तिमीलाई पर्खिबसे’ भिडियोसार्वजनिक भएको छ । पोखरा कालिकाका पौडेल न्युयोर्कबाट संचालित नेपालयन्यूजका प्रधानसम्पादक हुन् ।

गीत २ वर्ष अगाडि रेकर्ड गरिएपनि अहिले भिडियोसहित सार्वजनिक गरिएको हो । पौडेलले अहिलेसम्म ५ दर्जन बढी गीत लेखेका छन् भने कैयन गीतहरु रेकर्ड समेत भइसकेका छन् ।

‘तिमीलाई पर्खीबसे’ गीतमा संगीत न्युयोर्क निवासी कलाकार विमल डागीको छ भने स्वर रामकृष्ण ढकालको रहेको छ । श्याम शुक्ला फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको भिडियोमा शिव वाग्ले र जानकी थापाको अभिनय रहेको छ । सागर राज आचार्यले छायाकंन गरेको गीतको सम्पादन जीवन थापाले गरेका हुन् । भिडियोको निर्देशन घनश्याम लामिछानेले गरेका छन् ।

गीतको भिडियोको स्क्रीनशट

भिडियोको छायाकंन सराङकोट माउन्टेन रिर्सोट फेवाताल वरपरका स्थानमा भएको हो । नेपाली चलचित्र निर्देशन गरी स्थापित लामिछानेको निर्देशनमा बनेको यो १२ औँ म्युजिक भिडियो हो । भिडियो श्यामशुक्ला इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com