६९ औं मिस युनिभर्स प्रतियोगिताका लागि छानिदै नेपाली सहभागि, मिस नेपाल युएसका दुई विजेता अन्तिम २४ मा


प्रकाशित मिति : मंसिर १६, २०७७ मंगलबार

अमेरिकामा हुने मिस युनिभर्स २०२० मा सहभागी हुने नेपाली प्रतिस्पर्धी छनौटका लागि मिस युनिभर्स नेपाल प्रतियोगिता भइरहेको छ । मिस युनिभर्सको ६९ औं संस्करणमा सहभागी हुनका लागि एकजना नेपाली युवतीको समेत छनौट गरिने भएको छ ।

सन् १९५२ देखि हुँदै आएको मिस युनिभर्समा सन् २०१७ बाट हरेक बर्ष एकजना नेपाली युवतीले सहभागिता जनाउदै आएका छन् । त्यसको छनौट नेपालमा मिस युनिभर्स नेपालको आयोजना गरेर गरिदै आएको छ । सन् २०१७ मा पहिलोपटक मिस युनिभर्समा सहभागिता जनाउने नग्मा श्रेष्ठको नेतृत्वमा सन् २०२० को मिस युनिभर्समा सहभागि हुने नेपाली युवतीको छनौट भइरहेको छ । मिस युनिभर्समा २०१८ मा मनिता देवकोटा र २०१९ प्रदीप्ता अधिकारी सहभागी भएका थिए ।

यसबर्षदेखि राष्ट्रिय निर्देशकमा नग्मा

यसै बर्षदेखि मिस युनिभर्समा सहभागी हुने नेपाली छनौटका लागि ब्रेभ बोल्ड ब्युटिफूल प्राइभेट लिमिटेडले दीर्घकालिन फ्रेन्चाइज लिएको छ । सन् २०१७ देखि सन् २०१९ सम्म मिस नेपाल प्रतियोगिता गराउँदै आएको हिडन ट्रेजरले नै मिस युनिभर्समा सहभागी हुने नेपाली छनौटको फ्रेन्चाइज लिंदै आएको थियो । तर यो बर्षदेखि मिस युनिभर्स नेपालकी निर्देशक नग्मा श्रेष्ठ हुन् भने उनको कम्पनी ब्रेभ बोल्ड ब्युटिफूल प्रालिले प्रतियोगी छनौट गरिरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिले ५० जनाबाट २४ जनाको छनौट गरिसकिएको छ भने २४ जनाबाट आगामी तीनसातामा हुने भर्चुअल अडिशनमार्फत १८ जनाको छनौट गरिने मिस युनिभर्स नेपालकी निर्देशक नग्मा श्रेष्ठले जानकारी दिइन् । उत्कृष्ट १८ जनालाई भने भौतिक रुपमा नै तालिम प्रदान गरिने भएको छ । त्यसपछि डिसेम्बर ३० मा विशेष कार्यक्रम गरेर मिस युनिभर्समा सहभागी हुने एकजना नेपाली युवतीको छनौट गरिने भएको छ । कोरोनाको महामारीका कारण मिस युनिभर्स नेपालको आयोजनामा धेरै दर्शकहरु उपस्थीत नहुने श्रेष्ठले जानकारी दिइन् ।

मिस युनिभर्स २०२१ मा अमेरिकामा हुँदै, नेपाली प्रतियोगी छनौट धमाधम

महामारीका कारण यसबर्षको मिस युनिभर्स सन् २०२१ को सुरुतिर हुने भएको छ । अहिलेसम्म ४६ देशले मिस युनिभर्समा सहभागी हुने प्रतियोगीको छनौट गरिसकेका छन् । नेपाल लगायतका केही देशले डिसेम्बर र जनवरीमा छनौट गर्ने अपेक्षा गरिएको छ ।

मिस युनिभर्समा सहभागी हुने प्रतियोगी छनौटका लागि भइरहेको मिस युनिभर्स नेपालको टप २४ मा नेपाल लगायत अमेरिका, क्यानडाबाट, रसिया, बेल्जियम, अष्ट्र्रेलियामा रहेका नेपाली मुलका युवतीहरु समेत पुगेका छन् । पहिलो मिस नेपाल युएस सुजिता बस्नेत र गतबर्षको मिस नेपाल युएस सुरभी खनाल समेत टप २४ मा छनौट भएका छन् ।

‘ब्युटी क्वीनमात्र होइन लिडर छान्छौं’

आफूहरुले मिस युनिभर्समा सहभागी हुने नेपाली युवती छनौटका लागि सौन्दर्यका परम्परागत मापदण्डहरु समेत परिवर्तन गरेको नग्मा श्रेष्ठले बताइन् । प्रतियोगितामा तौल, कपाल, उचाई लगायतलाई छनौटको मापदण्ड बनाइएको छैन भने ट्रान्सजेण्डर महिलालाई समेत सहभागी गराइएको छ । उनले भनिन् – ‘हामीले सामावेशीतालाई महत्व दिएका छौं । फिटनेशलाई महत्व दिन्छौं तर तौल, उचाई लगायतका आधारमा छनौट गर्दैनौं । हामी यो प्लेटफर्ममार्फत नेतृत्वको विकाश गर्न चाहन्छौं ।’

न्युयोर्कको कोर्नेल युनिभर्सिटीबाट लिडरसिप मेजरमा ग्रयाजुएट गरेकी नग्मा भन्छिन् – ‘यो केबल सौन्दर्य प्रतियोगितामात्र होइन । मैले यसलाई नेतृत्व विकाशको प्लेटफर्मका रुपमा लिएकी छु । हामीले तालिममा सौन्दर्यका मात्र कुरा गर्दैनौं, महिला शशक्तिकरण र त्यसमा पनि आर्थिक शशक्तिकरणका सन्दर्भमा विशेष जोड दिन्छौं । हामी यो प्लेटफर्म मार्फत लिडर बनाउन चाहन्छौं ।’

नग्मा श्रेष्ठ

विजेतालाई रु. १० लाख नगद उपहार

यस मिस यूनिभर्स नेपालका विजेताले रु. १० लाख नगद उपहार प्राप्त गर्ने छन् जुन नेपाली सौन्दर्य प्रतियोगिताहरु मध्यकै सर्वाधिक धन राशि हो ।

नेपालमा आयोजित सौन्दर्य प्रतियोगिताहरुमा यस प्रतियोगिताले सबैको समावेशीका लागि नयाँ उदाहरण बन्नुका साथै यसले यस क्षेत्रमा नयाँ परिवर्तन समेत ल्याउने आयोजकको अपेक्षा छ । यस प्रतियोगिताले आकर्षक धन राशिका साथै विश्वमै समावेशी प्रतियोगिताको मशाल बोक्दै अघि बढ्ने अठोट लिएको आयोजकले बताए ।

‘केही मानिसहरूका लागि विशेषाधिकारमा मात्र सीमित नभई यो प्रतियोगिताले धैरे व्यक्तिहरुका लागि उल्लेखनीय अवसर प्रदान गर्नेछ । नेपालमा आयोजित सबै सौन्दर्य प्रतियोगितामा विविधता ल्याउने उद्देश्य लिएको यस प्रतियोगिताको विजेताको छनौट निर्णायक र मतदानको आधारबाट गरिनेछ ।’ – आयोजकले जारी गरेको वक्तब्यमा उल्लेख छ ।

को हुन् नग्मा श्रेष्ठ ?

मिस युनिभर्सकी नेपाल निर्देशक नग्मा श्रेष्ठ चर्चित टेलिभिजनकर्मी समेत हुन् । उनले नेपालको राष्ट्रिय टेलिभिजनमा २००९ देखि २०१५ सम्म कार्यक्रम समेत संचालन गर्दै आएकी थिइन् । सन् २०१२ मा मिस नेपालमा भाग लिएर मिस नेपाल अर्थको उपाधी जितेकी उनी सन् २०१२ मा फिलिपिन्समा भएको मिस अर्थमा टप ८ मा पुगेकी थिइन् ।

त्यसपछि २०१६ मा वल्र्ड मिस युनिभर्सिटी चीनमा थर्ड रनरअप र मिस फिटनेशको उपाधी जितेकी उनले त्यही बर्ष इजिप्टमा सम्पन्न २०१६ मा मिस इको युनिभर्समा भाग लिएकी थिइन् । त्यसमा उनले बेष्ट टुरिजम भिडियो जीतेकी थिइन् । त्यसपछि उनले सन् २०१७ को नोभेम्बरमा अमेरिकाको लस भेगसमा सम्पन्न मिस युनिभर्समा भाग लिएकी थिइन् । अहिलेसम्म ७ वटा प्रतियोगितामा भाग लिएकी नग्माले भाग लिएका ४ वटा प्रतिस्पर्धा अन्तर्राष्ट्रिय थिए ।

ब्यूटी क्वीन भएरमात्र परिवर्तन ल्याउन नसकिने निष्कर्षमा पुगेपछि उनले लिडरसिपमा आफूलाई उतार्न थालिन् । त्यसपछि झण्डै एकबर्ष लामो प्रकृया पूरा गरेर उनी सन् २०२० को मिस युनिभर्सको नेपालमा फ्रेन्चाइज लिएर नेतृत्वमा आउन सफल भइन् । उनी अबको ४ बर्ष मिस युनिभर्सको नेपाल निर्देशक रहनेछिन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com