डिभी कन्फर्मेशन नम्बर हरायो ? यसरी पाउनुहोस्


प्रकाशित मिति : बैशाख २१, २०७४ बिहीबार

एन्ट्रेन्ट स्टेटस चेक हेर्नको लागि कन्फर्मेशन नम्बर चाहिन्छ । कन्फर्मेशन नम्बर हराएको खण्डमा तपाईँले ई–डिभीको वेबसाइटमा गई आफ्नो ईमेल ठेगाना र व्यक्तिगत विवरण बुझाई आफ्नो कन्फर्मेशन नम्बर पुनः प्राप्त गर्न सक्नुहुन्छ ।

तपाईले त्यो पेजमा पहिले कुन बर्षका लागि डिभी भरेको हो त्यो छनौट गर्नुपर्छ । त्यसपछि तपाईले आफ्नो पूरा नामथर, डिभी भर्दा प्रयोग गरेको इमेल र जन्ममिति हालेर आफ्नो कन्फर्मेशन नम्बर पुन प्राप्त गर्न सक्नुहुन्छ ।

कन्फर्मेशन नम्बर हराएमा र पुन प्राप्त गर्नुपरेमा यहाँ क्लिक गर्नुहोला ।

अमेरिकी दूतावास तथा वाणिज्यदूतावासहरूले र केन्टकी कन्सुलर सेन्टरले तपाईँछनोट भए नभएको बारे
जानकारी प्रदान गर्दैन र तपाईँको कन्फर्मेशन नम्बर पनि उपलब्ध गराउँदैन । अमेरिकी विदेश मन्त्रालयले छनोट भएकाहरूको सूची उपलब्ध गराउँदैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com