२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
इमिग्रेशन

५० हजार नेपालीलाई डिभी लोटरी, यसरी चेक गर्नुहोस् परे नपरेको

आर्थिक बर्ष सन् २०१८ का लागि भरिएको अमेरिकी डिभी लोटरीको नतिजा सार्वजनिक भइसकेको छ । लाखौंको संख्यामा नेपालीहरुले डिभी लोटरी भरेकाले डिभी भर्नेहरु आफूलाई परे नपरेको चेक गर्नमा व्यस्त छन् । यो बर्ष कति नेपालीहरुलाई डिभी लोटरी पर्यो भन्ने विवरण केहीदिनमा सार्वजनिक हुनेछ । तर खसोखासले अहिलेसम्म डिभी लोटरी परेका नेपालीहरुको विवरण भने विभिन्न आधिकारिक श्रोतहरुबाट प्राप्त गरेको छ ।

अमेरिकाको सरकारी श्रोत अनुशार डिभी लोटरी कार्यक्रम सुरु भएदेखि अहिलेसम्म झण्डै ५० हजार नेपालीहरुलाई डिभी लोटरी परिसकेको छ भने यो सन् २०१८ का लागि डिभी परेका नेपालीहरुको संख्या जोड्दा डिभी परेका नेपालीहरुको संख्या अझ धेरै हुन आउँछ । अमेरिकी सरकारको ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार सन् २००२ देखि सन् २०१७ सम्मको डिभी लोटरी कार्यक्रम अन्तरगत डिभी लोटरी पार्ने नेपालीहरुको संख्या ४७ हजार ५ सय ९२ रहेको छ ।

इतिहास हेर्दा सन् २००२ का लागि भरिएको डिभी चिठ्ठामा ७२९ जनालाई, सन् २००३ का लागि भरिएको डिभी चिठ्ठामा २३ सय २० जनालाई , सन् २००४ लागि भरिएको डिभी चिठ्ठामा ४२ सय ५९ जनालाई चिठ्ठा परेको थियो । सन् २००५ मा डिभी चिठ्ठा परेका जम्मा १५ सय ४५ नेपाली अमेरिका आएका थिए ।

डिभी लोटरी परे नपरेको थाहा पाउनका लागि यहाँ क्लिक गरेर आफ्नो कन्फर्मेशन नम्बर, थर र जन्मेको बर्ष हाल्नुहोला । 

त्यसैगरी सन् २००६ का लागि भरिएको डिभी चिठ्ठामा १९ सय ३४ जनालाई , सन् २००७ का लागि भरिएको डिभी चिठ्ठामा १५ सय २९ जनालाई, सन् २००८ का लागि भरिएको डिभी चिठ्ठामा २५ सय ६२ जनालाई, सन् २००९ का लागि भरिएको डिभी चिठ्ठामा १८९१ जनालाई , सन् २०१० का लागि भरिएको डिभी चिठ्ठामा २१ सय ३२ जनालाई र सन् २०११ का लागि भरिएको डिभी चिठ्ठामा २१८९ जना नेपालीहरुलाई चिठ्ठा परेको थियो । सन् २०१२ का लागि भरिएको डिभी चिठ्ठाको नतिजा अन्तरगत जम्मा ३२ सय ५८ जना नेपालीहरुलाई यो चिठ्ठा परेको थियो ।

त्यस्तै सन् २०१३ का लागि भरिएको डिभी चिठ्ठामा ४३७० नेपालीलाई यो चिठ्ठा परेको थियो भने सन् २०१४ का लागि भरिएको डिभी चिठ्ठामा ६ हजार ८२ नेपालीलाई यो चिठ्ठा परेको थियो । सन् २०१५ का लागि भरिएको डिभी चिठ्ठामा ४ हजार ९ सय ९१ जना छनौट भएका थिए । तर उनीहरुमध्ये हजारौं नेपालीहरु भने अमेरिका आउन पाएनन् । सन् २०१६ का लागि भरिएको डिभी चिठ्ठामा ३८ सय १ जना नेपाली छनौट भएका थिए भने चालु आर्थिक बर्ष २०१७ का लागि ४ हजार नेपालीहरुले डिभी लोटरी पारेका थिए ।

अहिलेसम्म झण्डै ५० हजार नेपालीहरुलाई डिभी लोटरी परेपनि सबै नेपालीहरु अमेरिका आउन योग्य भने भएनन् । आर्थिक बर्ष सन् २०१६ का लागि ३८३१ जना नेपालीहरुले डिभी लोटरी जितेपनि ३२ सय ४७ जनालेमात्र भिसा पाए, अरुले पाएनन् । चालु आर्थिक बर्ष २०१७ का लागि ४ हजार नेपालीहरुलाई डिभी लोटरी परेपनि उनीहरुमध्ये ५ सय भन्दा धेरैले भिसा नपाउने निश्चित छ ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →