अडिबल, अमेजन र आईट्युनमा पहिलो नेपाली अडियोबुकका रुपमा आयो ‘कम्पन’


प्रकाशित मिति : मंसिर ११, २०७७ बिहीबार

पत्रकार किशोर पन्थीबाट लिखित पुस्तक कम्पन अडियोबुकका रुपमा आएको छ । कम्पन अडिबल, अमेजन र आईट्युनमा उपलब्ध पहिलो नेपाली अडियोबुक रहेको अडिबलले जानकारी दिएको छ ।

अडियोबुकको उत्पादन लामोसमयदेखि अडिबलमा पुस्तक उत्पादन गर्दैै आएकी फरेस्ट सोबलले गरेकी छिन् भने आवाज लामो समय नेपालका रेडियो र टेलिभिजनहरुमा काम गरेका सुरेश शाहीले दिएका छन् । पुस्तकको अडियो ६ घण्टा १५ मिनेट लामो रहेको छ ।

अमेजनमा अडियोबुकको मूल्य १९ डलर ९५ सेन्टस रहेकोमा हाल १२ प्रतिशत डिस्काउन्टसहित १७ डलर ४६ सेन्टसमा उपलब्ध रहेको छ । अडिबलको प्रिमियम प्लस प्याकेजमा भने ३० दिनको परीक्षण अवधिसँगै निशुल्क उपलब्ध रहेको छ ।

अडिबलको प्रिमियम प्लस प्याकेज ३० दिनसम्मको लागि निशुल्क रहेको छ । त्यसपछि अन्य कैयन पुस्तकहरु पढ्न रुची हुनेहरुले मासिक १४ डलर ९५ सेन्टस तिर्न सक्नेछन्, अन्यथा अडिबलको प्रिमियम प्लस निशुल्क रद्द गर्न सकिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पुस्तक अडिबल र अमेजनको जर्मनी, फ्रान्स, बेलायत र अमेरिका लगायतका स्टोरहरुमा उपलब्ध रहेको छ । नेपाली भाषाको पुस्तकले अमेजन र अडिबलमा प्रवेश पाएपछि अन्य नेपाली भाषाका पुस्तकको अडियोबुकका लागि समेत बाटो खुलेको कम्पनका लेखक किशोर पन्थीले बताएका छन् ।

कम्पनलाई अडियोबुकका रुपमा ल्याउन आफूहरुलाई झण्डै एकबर्षको अवधि लागेको पुस्तकका वाचक सुरेश शाहीले बताए । कोरोनाको महामारीका कारण पुस्तकको अडियो रेकर्ड गर्नमात्र झण्डै १० महिना लागेको र नेपाली भाषाको पहिलो पुस्तक भएका कारण अडिबलमा आवाजको गुणस्तर लगायतका अन्य पुनरावलोकनका लागि झण्डै २ महिना लागेको शाहीले जानकारी दिए । अन्य नेपाली पुस्तकहरु पनि अडियोबुकका रुपमा ल्याउन आफूहरु इच्छुक रहेको उनले बताए ।

कम्पन नेपालमा गएको महाभूकम्पपछिको आर्तनाद र आशाको जिवन्त दस्तावेज हो । कम्पन एउटा पुस्तक हो जसलाई पढेर र सुनेर महाभूकम्पपछिको अवस्थाको अनुभव गर्न सकिन्छ ।

सन् २०१५ को अप्रिल २५ को महाभूकम्प यति भयानक थियो कि यसले केही मिनेटमा नै लाखौं नेपालीको जीवनलाई परिवर्तन गरिदियो । कैयनको मृत्यु भयो । भवनहरू भग्नावशेषमा परिणत भए । एउटा भयानक सपना जस्तो बन्यो त्यो दिन । महाभूकम्पपछिका कैयनका कथाहरु अज्ञात रहे । किशोर पन्थीले लेखेको यो पुस्तकले ती कथाहरू पाठक समक्ष ल्याएको छ ।

पुस्तक कम्पनमा वियोग र वेदनाका कथामात्र छैनन्, आशाका कथाहरु पनि छन् । मृत्युको मुखबाट बाँचेकाहरुले कसरी आशालाई कायमै राखेर बाँच्न सफल भए भन्ने कथाहरु छन् । रेस्क्यु अपरेशनमा खटिनेहरुका कथादेखि आर्तहरुको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुका कथाहरु छन् । देशविदेशबाट राहतलिएर पुग्नेहरुदेखि संचारकर्मीहरुले भोग्नुपरेका सकसका कथाहरु छन् ।

पुस्तक कम्पनको पहिलो संस्करण सन् २०१८ मा आएको थियो भने दोश्रो संस्करण सन् २०१९ मा प्रकाशित भएको थियो । पहिलो संस्करणको लोकार्पण पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईले काठमाडौंमा आयोजित एक कार्यक्रममा गरेका थिए ।

अडिबलमा अडियोबुकको लिंक

बेलायतमा अडिबलमा अडियोबुकको लिंक

जर्मनीमा अडिबलमा अडियोबुकको लिंक

फ्रान्समा अडिबलमा अडियोबुकको लिंक

अमेजनमा अडियोबुकको लिंक

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com