अर्थमन्त्री पौडेललाई गृहनगर बुटवलमा कालोझण्डा
प्रकाशित मिति : मंसिर १०, २०७७ बुधबार

लुम्बिनी प्रदेशको राजधानी अर्थमन्त्रीपदसंग साटेको भन्दै बिष्णु पौडेललाई गृह नगर बुटवलमा नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघ रुपन्देहीले कालोझण्डा देखाएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव समेत रहेका पौडेलले लुम्बिनी प्रदेशको राजधानी मन्त्रीपदसंग साटेको भन्दै उनीहरुले बुटवलको पुरानो बसपार्क (नेपालगञ्जरोड)मा कालोझण्डा देखाएका हुन् ।
सडकमा बाक्लो संख्यामा रहेका तरुण दल र नेविसंघका कार्यकर्ताले नाराबाजी समेत गरेका थिए । मंगलबार रुपन्देही आएका महासचिब पौडेल रुपन्देहीमा २ दिन विभिन्न कार्यक्रममा सहभागि हुदैछन् ।