विश्वकै १०० प्रेरक तथा प्रभावशाली महिलाको सूचीमा नेपालकी १८ वर्षीया सपना


प्रकाशित मिति : मंसिर ९, २०७७ मंगलबार

बेलायती समाचार संस्था ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा नेपालकी सपना रोका मगर पनि परेकी छिन् ।

बीबीसीले मंगलबार सार्वजनिक गरेको विश्वका १०० प्रेरक तथा प्रभावशाली महिलाको सूचीमा नेपालकी सपना रोका मगरसहित फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह, अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको कोरोनाभाइरसविरूद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट लगायत छन् ।

म्याग्दीकी १८ वर्षीया सपना रोका मगरले पछिल्लो समय बेवारिसे परेका शव जलाउने काम गर्छिन्। बीबीसीले अप्ठ्यारो परिस्थितिमा केही भिन्न काम गरी समाजमा परिवर्तन ल्याउने महिलाहरूलाई सूचीमा राखेको जनाएको छ ।

बीबीसीले भनेको छ। “यो असाधारण वर्षमा विश्वका कयौं महिलाले दोस्रो व्यक्तिलाई मद्दत गर्दा आफ्नो ज्यान दिएका छन्। १०० महिलाको सूचीमा एक नाम श्रद्धाञ्जलिको रूपमा ती महिलाहरूको सम्झनामा खाली छोडिएको छ,” ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तीन दर्जन भन्दा बढी बेवारिसे शव जलाइसकेकी सपनाले कोरोना महामारीबीच लकडाउनका बेला निःशुल्क खानासमेत खुवाउँदै आएकी छन् । बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रको अध्यक्ष विनयजंग बस्नेतसँगै उनी उक्त काम गरिरहेकी छिन् । सपना पछिल्लो समय देशका विभिन्न स्थानहरुमा गएर बेवारिसे शव व्यवस्थापनका लागि सामाजिक चेतनामुलक कार्यक्रमहरुमा पनि सहभागि जनाउँदै आईरहेकी छिन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com