नेपालमा थप १ हजार ७९० जनामा कोरोना संक्रमण, २४ जनाको मृत्युु


प्रकाशित मिति : मंसिर ९, २०७७ मंगलबार

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ७९० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ७९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ४ हजार ८५८ जना स‌ंक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप २४ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३६१ पुगेको छ ।

नेपालमा हाल संक्रिय संक्रमितको संख्या १७ हजार ८५९ रहेको छ । क्वारेन्टिनमा भने ६२७ जना रहेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com