मौसमले गर्दा प्रधानमन्त्री ओली नआएपछि स्थानीय खिन्न !


प्रकाशित मिति : मंसिर ९, २०७७ मंगलबार

कार्यक्रम तय गरिए पनि खराब मौसमका कारण प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः पाँचथर र इलाम उत्रिन नसकेपछि उनको स्वागत गर्न व्यग्र प्रतीक्षामा रहेका स्थानीयवासी खिन्न भएका छन् । उनीहरूले भारतसंँगको सीमाक्षेत्रमा आफूहरूले पाएका दुःखबारे प्रधानमन्त्रीलाई अवगत गराउन चाहेका थिए । तीनतीन पटक प्रयास गर्दा पनि प्रधानमन्त्री चढ्नुभएको हेलिकोप्टर कार्यक्रमस्थल पुग्न सकेन ।

इलामको सन्दकपुर गाउँपालिका–५ का नुपु शेर्पा अतिथिको स्वागत, सत्कार तथा प्रधानमन्त्रीको आगमनलाई भव्य बनाउन एक सातादेखि तल्लीन थिए । शेर्पाजस्तै इलामका माइजोगमाई तथा सन्दकपुर गाउँपालिकाका सयौँ बासिन्दा प्रधानमन्त्रीलाई भेट्न सोमबार मध्याह्न १२ बजेदेखि सन्दकपुर–५ जौबारीमा प्रतीक्षा गरिरहेका थिए । प्रधानमन्त्रीको स्वागतका लागि इलामका अन्य भूभागसहित छिमेकी जिल्ला पाँचथर र झापाका बासिन्दासमेत जौबारी पुगे पनि मध्याह्न १२ बजेका लागि निर्धारित कार्यक्रमका प्रधानमन्त्री आउन सकेनन् ।

हुस्सु र चिसो सिरेटो सहँदै खुला चौरमा बसेका स्थानीयवासी प्रधानमन्त्रीलाई न्यानो स्वागत गर्न हातमा फूल, माला र खादा लिएर तम्तयार बसेका थिए । उनीहरु प्रधानमन्त्री स्वयंले सुनेका खण्डमा दुर्गम क्षेत्रका समस्या हल हुनेमा आशावादी देखिन्थे । आयोजकहरुले अपराह्न ३ बजे प्रधानमन्त्री मौसम प्रतिकूलताका कारण आउन नसक्नुभएको जानकारीे गराएका थिए ।

जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले जौबारी आउने प्रधानमन्त्रीको दृढ इच्छा रहेको तर हेलिकोप्टर अवतरण गराउन नसकिएको बारे स्थानीयवासीलाई जानकारी गराएका थिए । प्रधानमन्त्रीसँग टेलिफोनमा कुराकानी गरेका प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले स्थानीयवासीलाई प्रधानमन्त्रीले आफूले चाहेर पनि आउन नसकेको सन्देश पठाएको सुनाए । यही मङ्सिर ५ र ७ गतेका लागि तय भई स्थगन भएको प्रधानमन्त्रीको जौबारी भ्रमण सोमबारका लागि तय भएको थियो । मन्त्री कार्कीले कार्यक्रम सफल बनाउन नसकेकामा दुःख व्यक्त गर्दै चाँडै प्रधानमन्त्रीलाई लिएर आउने प्रतिबद्धता व्यक्त गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रधानमन्त्रीले हेलिकोप्टरबाटै भारतसँग सीमा जोडिएको इलामको सन्दकपुर क्षेत्रको अनुगमन गर्ने, जौबारीमा स्थापित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट ९बिओपी० निरीक्षण गर्ने, स्थानीयवासीका समस्या, गुनासा तथा सुझाव सुन्नेलगायत कार्यक्रम तय भएका थिए । यी कार्यक्रमपछि प्रधानमन्त्री ओली, कम्युनिष्ट पार्टी ९नेकपा० संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, मुख्यमन्त्री शेरधन राईलगायतले मन्तव्य राख्ने कार्यक्रम तय गरिएको थियो ।

विशेषतः स्थानीयवासी प्रधानमन्त्रीलाई सीमा क्षेत्रमा भारतीय पक्षबाट पटकपटक पाउने गरेका दुःख सुनाउन चाहन्थे । भारतीय पक्षले सीमा अतिक्रमण र नेपालतर्फ पर्यटकीय संरचना निर्माणमा अवरोध गर्दै आएको स्थानीयवासीको भनाइ छ । यस्तै सन्दकपुर, जौबारी, जौबारी–फाटक, थुम्केलगायत क्षेत्रको पर्यटकीय विकासमा लगानी गर्नुपर्ने, कृषि उपजको उचित मूल्य र बजार सुनिश्चितता गर्नुपर्ने, अन्य पूर्वाधार विकासका लागि बजेटको व्यवस्था गर्नुपर्ने जस्ता माग लिएर स्थानीयवासी आएका थिए । यहाँका विभिन्न निकाय तथा संस्थाले तयार पारेका माग सोमबार नै आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीमार्फत प्रधानमन्त्रीसमक्ष पठाइएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com