प्रधानमन्त्री ओली ताप्लेजुङतर्फ प्रस्थान


प्रकाशित मिति : मंसिर ८, २०७७ सोमबार

प्रधानमन्त्री केपी शर्मा ओली चीनको तिब्बत र नेपालको सीमा क्षेत्र निरीक्षणका लागि ताप्लेजुङतर्फ प्रस्थान गरेका छन् । उनी सोमबार बिहान पौने १० बजे सेनाको हेलिकोप्टरमार्फत् त्यसतर्फ प्रस्थान गरेका हुन् । उनी ताप्लेजुङका ओलाङचुङगोला, घुन्सा र इलामको जौबारी जाने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले नेपाल-चीन सीमा क्षेत्र निरीक्षण तथा फक्ताङ्लुङको घुन्सामा निर्माण गरिएको सामुदायिक स्वास्थ्य एकाइ कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, नेकपा नेता सुवास नेम्वाङ, १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई कार्यक्रममा सहभागि हुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री यो क्षेत्रमा मंसिर ५ गते नै आउने कार्यक्रम थियो । पार्टीको आन्तरिक विवादका कारण उक्त कार्यक्रम मंसिर २ गते स्थगित भयो । आजको कार्यक्रम मंसिर ५ गते तय गरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उद्घाटन कार्यक्रमपछि ओली इलामममा आयोजना हुने कार्यक्रममा पनि सहभागी सल्लाहकार थापाले जानकारी दिए । उनी यसअघि कात्तिक २५ गते संखुवासभाको किमाथांकालगायत सीमावर्ती क्षेत्र गएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com