कोरोनाबाट दिल्लीमा मात्रै एकैदिनमा ११८ जनाको मृत्यु


प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार

भारतको केन्द्रिय राजधानी रहेको दिल्लीमा मात्रै कोरोनाभाइरसबाट एकैदिनमा कम्तीमा ११८ जनाको मृत्यु भएको छ । दिल्ली प्रदेश सरकारले प्रकाशित गरेको स्वास्थ्य बुलेटिनमा दिल्लीमा मात्रै कुल आठ हजार १५९ जनाको मृत्यु भएको उल्लेख गरिएको छ ।

सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार दिल्लीमा कोरोनाका कारण अहिलेसम्म सङ्क्रमित भएकाहरुको कुल संख्या पाँच लाख १७ लाख २३८ पुगेको छ । पछिल्लो २४ घण्टामा कुल सङ्क्रमितको संख्या भने छ हजार ६०८ रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

कुल सङ्क्रमित मध्ये अहिलेसम्म चार लाख ६८ हजार १४३ जना सङ्क्रमणमुक्त भएका छन् । ती मध्ये पछिल्लो २४ घण्टामा आठ हजार ७७५ जना सङ्क्रमणमुक्त भएका हुन् । भारतको केन्द्रीय राजधानीमा अहिले पनि ४० हजार ९३६ जना सङ्क्रमित अवस्थामै रहेका छन् ।

दिल्ली स्वास्थ्य विभागले पछिल्लो २४ घण्टामा ६२ हजार ४२५ जनाको कोरोना परिक्षण गरिएको पनि जानकारी दिएको छ । भारतको दिल्लीमा केही समययता कोरोनाभाइरसको सङ्क्रमण न्युन देखिएपनि अहिले पछिल्लो समयमा फेरी बृद्धि भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तिव्र रुपमा फैलिएको कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि घर घरमा सर्वेक्षण तथा परिक्षण गर्ने क्रमलाई पनि तिव्रता दिएको अधिकारीहरुले बताएका छन् । त्यसैगरी सार्वजनिक स्थलमा रहेका बेला मास्क नलगाउनेहरुलाई दुइ हजार जरिवाना तिराउने निर्णय पनि प्रदेश सरकारले गरेको छ ।

यसअघि पाँच सय रुपैया मात्रै रहेको जरिवानालाई एकाएक बृद्धि गरेर दुई हजार बनाइएको हो । त्यस बाहेक अन्य पनि धेरै प्रयासहरु भइरहेको मुख्यमन्त्री अरविन्द केजरीवालले जानकारी दिएका छन् । एएनआई

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com