सङ्क्रमणको दर बढ्दै जाँदा आइसियु र भेन्टिलेटरको अभाव हुँदै


प्रकाशित मिति : मंसिर ६, २०७७ शनिबार

कोरोना सङ्क्रमणको दर बढ्दै जाँदा आइसियु र भेन्टिलेटरको अभाव हुँदै आएको छ । सुदूरपश्चिम प्रदेश र सङ्घीय सरकारले कैलालीको टीकापुर अस्पताललाई भेन्टिलेटर उपलब्ध गराए पनि जनशक्ति उपलब्ध गराउन नसक्दा अस्पताल आफैँले आइसियु र भेन्टिलेटर सञ्चालनका लागि पहल शुरु गरेको छ ।

चालू आर्थिक वर्षमा सङ्घीय सरकारले टीकापुर अस्पताललाई चारवटा भेन्टिलेटर खरिदका लागि रकम पठायो भने सुदूरपश्चिम प्रदेश सरकारले दुईवटा भेन्टिलेटर खरिद गरेर पठाएको छ । एकवटा भेन्टिलेटर यूएनडिपीले अस्पताललाई सहयोग गरेको अस्पतालमा उपकरण भएर पनि जनशक्ति नहुँदा आएका उपकरणलाई प्रयोगमा ल्याउन नसकिएको अस्पतालका अध्यक्ष दीपक रावलले बताएका छन् ।

“अहिले टीकापुर अस्पतालसँग सात वटा भेन्टिलेटर छन् तर, आइसियुका लागि एकजना दक्ष जनशक्तिसमेत अस्पतालसँग छैन ।” अध्यक्ष रावलले भने, “अहिले बिरामीको आइसियु र भेन्टिलेटर नपाउँदा ज्यान जाने गरेको छ । हामीले त्यसैलाई मध्यनजर गर्दै अबको दुई महिनाभित्र आइसियु र भेन्टिलेटर सञ्चालन गर्ने गरी स्थानीय तहसँग समन्वय शुरु गरेका छौँ ।”

अध्यक्ष रावलले टीकापुर नरगपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र महुन्याल गाउँपालिकासँग छलफल भएको बताएका छन् । उनले दश बेडको आइसियु र सात बेडको भेन्टिलेटर सञ्चालनका लागि पूर्वाधार अस्पतालसँग भए पनि आवश्यक पर्ने जनशक्तिका लागि भने आर्थिक अभाव भएका कारण स्थानीय तहसँग छलफल गरिएको बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रेमकुमार राईले आइसियु तथा भेन्टिलेटर सञ्चालनका लागि एकजना एनेस्थेसियालोजिष्टसहित ३२ जना थप कर्मचारी व्यवस्थापन गर्नुपर्ने भन्दै त्यसका लागि करिब रु दुई करोड ३७ लाख ५५ हजार ८०० अनुमानित खर्च हुने बताए । राईले उपकरणमात्र भएर सेवा सञ्चालन गर्न नसकिने भन्दै जनशक्तिका लागि आर्थिक पाटोसक्षम भए आइसियु सञ्चालन गर्न कुनै समस्या नरहेको बताएका छन् । उनले आइसियु सञ्चालन हुँदा टीकापुरका लागि मात्र नभई आसपासका क्षेत्रलाई समेत महत्वपूर्ण टेवा पुग्ने बताए ।

अस्पताल विकास समितिको समन्वयमा भएको सर्वदलीय छलफलमा अस्पतालमा आइसियु तथा भेन्टिलेटर सञ्चालनका लागि स्थानीय तह सकारात्मक देखिएका छन् । भजनी नगरपालिकाकी उपप्रमुख छायाँ देवकोटाले कोरोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा बिरामीले अस्पतालमा बेड पाउने अवस्था नरहेको बताउँदै यो समयमा आइसियु स्थापना प्रस्ताव महत्वपूर्ण रहेको बताएका छन् ।

त्यस्तै, जोशीपुर गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीले गाउँपालिकामा चालू आवमा सबैभन्दा कम बजेट आएको बताउँदै आइसियु सञ्चालनका लागि सक्दो सहयोग गर्ने बताए । टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावलले आइसियु सञ्चालनका लागि टीकापुर नगरपालिकाले अग्रपङ्क्तिमा रहेर सहयोग गर्ने बताउँदै एउटै स्थानीय तहले मात्र चाहेर आइसियु सञ्चालन गर्न सम्भव नरहेको बताए ।

छलफलमा सुदूरपश्चिम प्रदेश सभा सदस्य एवं प्रमुख प्रतिपक्षी दलका नेता रणबहादुर रावलले सरकारले नै स्वास्थ्य शिक्षालाई प्राथमिकता दिएको अवस्थामा सबै स्थानीय तह मिलेर सङ्घ र प्रदेशलाई दबाब दिनै भए पनि आइसियु सञ्चालन सुझाव दिएका छन्। सुदूरपश्चिम प्रदेशको मातहतमा रहेको टीकापुर अस्पतालमा आवश्यक भौतिक पूर्वाधार भएर पनि जनशक्तिको अभावमा बिरामीलाई नेपालगञ्ज, धनगढी रेफर गर्नुपर्ने बाध्यता रहँदै आएको छ । कैलालीको आधाभन्दा बढी स्थानीय तह र बर्दियाको आधाभन्दा बढी स्थानीय तहका नागरिक उपचारका लागि टीकापुर अस्पतालमा आउने गर्दछन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com