नेपालमा थप १ हजार ९४५ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु
प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार
नेपालमा थप १ हजार ९ सय ४५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १ हजार ९ सय ४५ जनामा संक्रमणको पुष्टि भएको हो ।
योसँगै कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ५३६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ९१ हजार २ पुगेको छ ।
यस्तै नेपालमा कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । यो सगैँ कोरोनाबाट मृत्यु हुनेको संख्या १२९८ पुगेको छ ।