बेँसी झरे भेडीगोठ


प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार

चरनका लागि लेकमा लगिएका भेडीगोठ चिसो बढेसँगै बेँसी झार्न थालिएका छन् । अहिले जिल्लाका उच्च हिमाली भेगमा रहेका चरन क्षेत्र पूरै हिँउले ढाक्न थालेका छन् । गोठालाले आ–आफ्ना भेडाका बथान बेँसी झार्न थालेका हुन् ।

घलेगाउँ, भुजुङ, सिउरुङ, पसगाउँ, सिङ्दी, दूधपोखरी, घनपोखरा, इलमपोखरी, पाचोक, ताघ्रिङ, बन्सार, फलेनी, ढोडेनी र भुलभुलेलगायतका स्थानीयका भेडीगोठ रहेका छन् । उनीहरुले अहिले गाउँबस्ती नजिकै भेडीगोठ ल्याउन थालेका छन् । विशेष गरी गुरुङ समुदायको पुर्खौली पेशाका रुपमा भेडीगोठलाई लिइन्छ । घलेगाउँको भेडीगोठ लेकबाट झरेर गाउँमै आइपुगेको घलेगाउँका केशबहादुर गुरुङले जानकारी दिए । उनले भने, “घलेगाउँको दुई भेडीगोठ रहेका छन् । यी भेडीगोठमा एक हजार २०० भन्दा बढी भेडाबाख्रा रहेका छन् । ” हिमालको काखमै रहेको ठूले लेकमा पुगेर केहीहप्ता अघि गाउँ फर्किएको र अब गर्मीयाम शुरु भएपछि सोही स्थानतर्फ लाग्ने उनको भनाइ छ ।

त्यस्तै कास्कीको सिमाना डाँडा तिङ्जेमा रहेको पसगाउँको भेडीगोठ यतिबेला केहीे क्युबे–ल्हेदे आइपुगेको र केही भेडीगोठ गाउँसम्म आएको स्थानीयवासीको भनाइ छ । भुजुङको भेडीगोठ खोला फाल्न्हेसम्म पुग्ने गरेकोमा अहिले क्युबारमा रहेको भेडीगोठालाले जानकारी दिएका छन् । जिल्लाको उत्तरी ताघ्रिङका भेडीगोठ यसअघि थुर्जुलेक पुगेकोमा अहिले ठूलागीमा झरेको छ । जिल्लाको पूर्वी भेगमा पर्ने विगट दूधपोखरी आसपासमा पुगेका भेडीगोठ यतिबेला बेँसी झरिसकेका छन् । यहाँका भेडीगोठ छ महिना लेकमा र छ महिना बेँसीमा रहन्छ । बेँसी झरेको भेडीगोठ गर्मी सिजन शुरु भएपछि मात्रै लेकमा फर्किन्छन् । जिल्लामा घुम्ती भेडीगोठ ९० रहेको र यी भेडीगोठ लेकबाट बेँसी झरिसकेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा रुपेश श्रेष्ठले जानकारी दिए ।

उनले भने, “भेडीगोठबाट निस्किएको मलबाट खेतबारीमा प्रयोग गरिन्छ ।” त्यस्तै, भेडाको ऊन निकालिन्छ । केन्द्रका अनुसार जिल्लाभर २३ हजार भेडीगोठ रहेका छन् । वार्षिक १० हजार केजी ऊन निस्कने र ऊनको प्रतिकेजी रु ३०० मूल्य रहेको छ । त्यस्तै, वार्षिक १६० मेट्रिक टन भेडाको मासु उत्पादन हुन्छ । मासु बिक्रीबाट रु आठ करोड आम्दानी हुने गरेको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वार्षिक घुम्ती भेडीगोठमा रहेका बाख्राको मासु १२० मेट्रिक टन तथा घुम्ती र घरमा पालिएको बाख्रा गरी वार्षिक एक हजार २०० मेट्रिक टन मासु उत्पादन हुँदा रु ६० करोड आम्दानी हुने गरेको केन्द्रका प्रमुख डा श्रेष्ठले जानकारी दिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com