वायु प्रदूषणले कोरोना संक्रमणमा असर


प्रकाशित मिति : मंसिर ५, २०७७ शुक्रबार

वातावरण संरक्षणसँग सम्बन्धित विज्ञले वायु प्रदूषण बढी भएका स्थानमा बस्ने मानिसमा कोभिड–१९ सङ्क्रमण हुने र कोरोनाका कारण मृत्यु हुने सम्भावना बढी हुने अध्ययनले देखाएको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, वातावरण विभाग, विश्व स्वास्थ्य सङ्गठन नेपाल, नगरपालिका सङ्घ र स्वच्छ ऊर्जा नेपालको संयुक्त आयोजनामा आज भएको कार्यक्रममा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेमध्ये करिब १५ प्रतिशत वायु प्रदूषणकै कारण हुने गरिएको जानकारी दिइएको छ  ।

मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा जागेश्वर गौतमले वायु प्रदूषण विश्वकै समस्या भएको उल्लेख गर्दै नेपालमा आवश्यक मापदण्डभन्दा पाँच गुणा बढी वायु प्रदूषण रहेको बताए । साथै उनले फोक्सो र मुटु रोग तथा मस्तिष्काघातको प्रमुख कारकमध्ये वायु प्रदूषण पनि एक भएको उल्लेख गर्दै सन् २०१८ मा वायु प्रदूषणका कारण नेपालमा ३७ हजार व्यक्तिको मृत्यु भएको तग्थ्याङ्क पेश गरे ।

विश्व स्वास्थ्य सङ्गठन नेपालका जनस्वास्थ्य प्रशासक डा खुर्सिद आलम हाइडरले वायु प्रदूषणले कोभिड–१९ को सङ्क्रमण र मृत्युदर दुवै बढाउने उल्लेख गर्दै सङ्गठन वायु प्रदूषण नियन्त्रणका लागि नगरपालिकाहरुलाई प्राविधिक सहयोग गर्न तयार रहेको बताए । विश्व स्वास्थ्य सङ्गठनले मन्त्रालयलगायत अन्य निकायसँग समन्वय गर्दै काठमाडौँ उपत्यकाका लागि ‘शहरी स्वास्थ्य कार्यक्रम’  दुई वर्षदेखि कार्यान्वयन गर्दै आइरहेको छ ।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्यान्जुले काठमाडौँ उपत्यकाको वायु प्रदूषण नियन्त्रणका लागि सम्बन्धित नगरपालिकाले एकीकृत र समन्वयात्मक रुपमा काम गर्नुपर्ने औँल्याउँदै स्थानीय सरकारले पूर्वाधार विकास निर्माणसँगै स्वच्छ वातावरण निर्माणमा समेत ध्यान दिनुपर्नेमा जोड दिए । वातावरणविद् सञ्जयनाथ खनालले वायु प्रदूषण नियन्त्रणका लागि ट्राफिक व्यवस्थापन तथा यातायातमा सुधार, सडक धुलो नियन्त्रण, उद्योगमा सुधार र फोहर जलाउने कार्य बन्दलगायत कार्य गर्नुपर्ने सुझाव दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वातावरण विभागका उपमहानिर्देशक इन्दु जोशीले मन्त्रिपरिषद्बाट गत फागुन १२ गते स्वीकृत ‘काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६’ र सो कार्यान्वयनबारे जानकारी गराएकी थिईन् । काठमाडौँ उपत्यकामा वायु प्रदूषण एक प्रमुख समस्या हो । हरेक वर्ष जाडो महिनामा वायु प्रदूषण सबैभन्दा बढी हुने भएकाले आउने दुईतीन महिनामा काठमाडौँको वायु प्रदूषण ह्वात्तै बढ्ने बताइएको छ ।

काठमाडौँमा वायु प्रदूषण हुनाका प्रमुख कारणमा सवारी साधनबाट हुने उत्सर्जन, बाटो र निर्माण गतिविधिबाट निस्किने धुलोका कण, उद्योगधन्दा तथा इँटाभट्टाबाट हुने उत्सर्जन, जथाभावी फोहर फाल्ने तथा बाल्नेलगायत हुन् । उपत्यकाका ग्रामीण भेगमा खाना पकाउनका लागि बालिने दाउराका कारण घरभित्र पनि वायु प्रदूषण पनि एक समस्याका रुपमा देखापरेको छ । नेपालमा मानिसको मृत्यु हुने प्रमुख तीन कारण मुटुसम्बन्धी रोग, फोक्सोसम्बन्धी रोग र मस्तिष्काघात हुन् । यी तीनै रोगको सम्बन्ध वायु प्रदूषणसँग पनि छ ।

स्वच्छ ऊर्जा नेपालका अध्यक्ष भूषण तुलाधरले संयोजन गरेको काठमाडौँ उपत्यकाको वायु प्रदूषण व्यवस्थापनका विषयमा उपत्यकाका स्थानीय सरकारका प्रतिनिधिसँग गोष्ठी’ विषयक भर्चुअल कार्यक्रममा उपत्यकाका नगरपालिकाका प्रमुख र उपप्रमुखलगायत वातावरण क्षेत्रका जानकारको उपस्थिति थियो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com