अमेरिकी राष्ट्रपति चुनावको प्रमाणिकरण डेडलाईन कुन ब्याटलग्राउण्ड राज्यमा कहिले ?


प्रकाशित मिति : मंसिर ४, २०७७ बिहीबार

एकातिर अहिले अमेरिकाका विभिन्न राज्यहरु राष्ट्रपति चुनावको नतिजा प्रमाणिकरणका लागि अगाडि बढिरहेका छन् । अर्कातर्फ जो बाइडेनले चुनाव जितेका ब्याटलग्राउण्ड राज्यहरुमा प्रमाणिकरण ढिलो बनाउने रणनीतिमा डोनाल्ड ट्रम्प र उनका अभियन्ताहरु सकृय रहेका छन् ।

मुख्य ब्याटलग्राउण्ड राज्यहरुमध्ये जर्जियामा चुनावी नतिजा प्रमाणिकरणको डेडलाईन नोभेम्बर २० बेलुका ५ बजेसम्म रहेको छ । यो राज्यमा त्यतीबेलासम्म अधिकारीहरुले निर्वाचन परिणाम प्रमाणिकरण गरिसक्नुपर्ने प्रावधान रहेको छ ।

बाइडेनले चुनाव जितेको जर्जियामा ट्रम्प पक्षले प्रमाणिकरण ढिलो गराउने प्रयास गरिरहेका छन् । तर जर्जियाका रिपब्लिकन सेक्रेटरी अफ स्टेट ब्राड राफेन्सपर्जरले तोकिएको डेडलाइनभित्रै प्रमाणिकरण गरिसक्ने बताएका छन् । त्यहाँ हातैले पुनगणना भइरहेको छ ।

मिसिगन, पेन्सिलभेनिया र मैनमा चुनावी नतिजा प्रमाणिकरण गर्ने डेडलाइन नोभेम्बर २३ सम्म रहेको छ । यी तीनवटै राज्यमा बाइडेनले चुनाव जितेका छन् । मैनको दोश्रो संसदीय जिल्लाबाट ट्रम्पले एक इलेक्टोरल मत जितेका छन् ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]
अमेरिकाको हरेक राज्यको इलेक्टोरल मत संख्या

मिसिगनमा सोमबार गणकहरुको बैठक राखिएको छ । यसैबीच शुक्रबार ट्रम्पले त्यहाँका रिपब्लिकन सांसदहरुसँग ह्वाइटहाउसमा बैठक समेत राखेका थिए । पेन्सिलभेनियामा प्रमाणिकरण गर्ने कडा डेडलाइन नरहेपनि सोमबारसम्म प्रमाणिकरण गर्ने तालिका छ । मैनमा भने खास विवाद नरहेकाले कुनै समस्या देखिएको छैन ।

मिनेसोटा, नर्थ क्यारोलिना र ओहायोमा नोभेम्बर २४ को डेडलाइन रहेको छ । मिनेसोटामा बाइडेनले जितेका छन् भने नर्थ क्यारोलिना र ओहायोमा ट्रम्पले जितेका छन् । यी राज्यहरुमा खासै विवाद देखिएको छैन ।

एरिजोना, आयोवा र नेब्रास्कामा चुनावी नतिजा प्रमाणिकरण गर्ने डेडलाइन नोभेम्बर ३० सम्म रहेको छ । एरिजोनामा बाइडेनले जीतेका छन् भने आयोवामा ट्रम्पले जितेका छन् । नेब्रास्कामा ट्रम्पले जितेपनि दोश्रो संसदीय डिस्ट्रिक्टको १ इलेक्टोरल मत बाइडेनले जितेका छन् । एरिजोनामा रिपब्लिकनहरुले प्रमाणिकरण ढिलो गराउने प्रयास गरेपनि आयोवा र नेब्रास्कामा विवाद छैन ।

नेभाडा र विसकन्सिमा डिसेम्बर १ सम्म चुनावी नतिजा प्रमाणिकरण गर्नुपर्ने डेडलाइन रहेको छ । नेभाडामा बाइडेनले जीतेपनि ट्रम्प पक्षधरले आफूले जितेको दावी गर्दै मुद्दा दायर गराएका छन् । विसकन्सिनमा काउन्टी स्तरको प्रमाणिकरण पूरा भइसकेको छ । तर ट्रम्प पक्षले आंशिक रुपमा पुनगणनाको माग गरिरहेको छ ।

डिसेम्बर ८ मंगलबार मुख्य दिन रहेको छ । यो दिनसम्म राज्यहरुले सबै विवाद समाधान गरेर परिणाम प्रमाणिकरण गरेर पठाएको खण्डमा परिणामबिरुद्ध बाँकी मुद्दामामला हुनेछैन । त्यसपछि ट्रम्प र बाइडेनले इलेक्टोरल कलेजका लागि आफ्ना प्रतिनिधिहरु पठाउनेछन् । त्यसपछि डिसेम्बर १४ मा इलेक्टरहरुले मतदान गरेर राष्ट्रपति चयन गर्नेछन् ।

जनवरी ६ मा संसदले इलेक्टोरल मत गणना गरेर नतिजा घोषणा गर्नेछ । त्यसपछि जनवरी २० मा अमेरिकी राष्ट्रपतिले पदभार ग्रहण गर्नेछन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com