बिमल डाँगी र सरिता डाँगीको ‘मेरो हजुर’मा दुर्गेश थापा र निता ढुंगाना


प्रकाशित मिति : मंसिर ४, २०७७ बिहीबार

अमेरिकाको न्युयोर्क निवासी गायक बिमल डाँगी र सरिता डाँगी स्वरमा रहेको नयाँ गीत ‘मेरो हजुर’ चर्चित कलाकारहरु दुर्गेश थापा र निता ढुंगानाको नृत्य र अभिनयसहित सार्वजनिक भएको छ । गीतमा शब्दपनि बिमल डाँगीकै रहेको छ ।

डोल्पा जिल्लामा जन्मिएर काठमाण्डौलाई आफ्नो सांगीतिक पाठसाला बनाएका डोल्पाली गायक डाँगी अमेरिका आइसकेपछि पनि गीतसंगितमा सकृय रहदै आएका छन् । ‘पानसमा बत्ति बालेको’ लगाएतका थुप्रै लोक गीतहरु गाएका डाँगीको नयाँ गीतमा मायाप्रेममा बाँधिएका जोडीको कथा रहेको छ ।

बिमल डाँगी र उनकै पत्नी सरिता डाँगीको स्वर रहेको यो गीत बिमल र सरिताको आफ्नै कथा समेत हो । बिमल डाँगी कै लय शब्दबाट तयार भएको यस गीतको भिडियोको कोरियोग्राफी प्रकाश भट्टले गरेका हुन् भने छायांकन नवराज उप्रेती, शम्भु मोक्तान र सम्पादन बिष्णु शर्माले गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com