नेपालमा थप २ हजार १०३ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्यु


प्रकाशित मिति : मंसिर ४, २०७७ बिहीबार

नेपालमा थप २ हजार १०३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ८०५ जनाको परीक्षणमा २ हजार १०३ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८५८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म १ लाख ८५ हजार ६३८ जना स‌ंक्रमणमुक्त भएका छन् । नेपालमा हाल संक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको छ । क्वारेन्टिनमा भने ७६७ जना रहेका छन् ।

यस्तै नेपालमा कोरोनाबाट थप १७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २७६ पुगेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com