पत्रकार गोकर्ण गौतमको निधन
प्रकाशित मिति : मंसिर ४, २०७७ बिहीबार
कान्तिपुर पब्लिकेसनमा कार्यरत पत्रकार गोकर्ण गौतमको निधन भएको छ। मस्तिष्कको नशामा समस्या देखिएपछि शल्यक्रिया गर्ने क्रममा पत्रकार गौतमको बिहीबार बिहान निधन भएको हो।
टाउको दुख्ने समस्या देखिएपछि उनलाई गत सोमबार उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस न्यूरो अस्पताल बाँसबारीमा भर्ना गरिएको थियो।
हेटौंडामा जन्मिएका ३१ वर्षीय गौतम कान्तिपुर दैनिकमा सिनेमा र कला समीक्षकका रूपमा परिचय बनाएका उनी समसायिक विषयमा पनि रिपोर्टिङ गर्थे।
उनले कान्तिपुर पब्लिकेसन्सबाट प्रकाशित हुने ‘नेपाल साप्ताहिक’ म्यागेजिनमा पाँच वर्षभन्दा बढी समय बिताएका थिए।