नेपालमा बितेको २४ घण्टामा ३११२ जनाको पीसीआर परीक्षण, ५०२ जनामा संक्रमणको पुष्टि
प्रकाशित मिति : मंसिर २, २०७७ मंगलबार
नेपालमा थप ५०२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । बितेको २४ घण्टामा ३ हजार ११२ जनाको पीसीआर परीक्षणमा थप ५०२ जनाका संक्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ११ हजार ४७५ पुगेको छ
बितेको २४ घण्टामा २ हजार ८७८ जना संक्रमणमुक्त भएका छन् । देशभर निको हुनेको संख्या १ लाख ७९ हजार २४२ पुगेको छ ।
यस्तै नेपालमा थप १७ जनाको मृत्यु भएको छ । यससँगै देशभर मृत्यु हुनेको कुल संख्या १ हजार २४७ पुगेको छ ।