प्रधानमन्त्री ओलीले लगाए भाइटीका


प्रकाशित मिति : मंसिर १, २०७७ सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले भाइटीका लगाएका छन् ।

बहिनी कौशल्या कोइरालाले बालुवाटार पुगेर ओलीलाई भाइटीका लगाइदिएकी हुन् । कोइरालाले प्रधानमन्त्री ओलीलाई सप्तरंगी टीका, मखमलीका साथै दुबोको माला लगाइदिएकी थिइन् ।

यस्तै, कोइरालाले प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई समेत टीका लगाइदिएकी थिइन् । त्यसपछि प्रधानमन्त्री ओलीले बहिनीलाई पनि टीका लगाइदिएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com