अमेरिकामा ट्रम्पबिरुद्ध दशौंहजारको प्रदर्शन, कैयन पक्राउ


प्रकाशित मिति : बैशाख १९, २०७४ मंगलबार

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पबिरुद्ध दशौं हजारले प्रदर्शन गरेका छन् । उनीहरुले ट्रम्पको अध्यागमन नीतिको विरोध गर्दै नारावाजी गरेका थिए ।

विभिन्न सहरहरुमा गरिएका प्रदर्शनहरुमध्ये प्रहरीले पोर्टल्याण्ड ओरेगनमा गरिएको प्रदर्शन रोेकेको छ । प्रदर्शन अराजक बन्दै गएका कारण रोक्नुपरेको प्रहरीले दावी गरेको छ ।

प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले प्रहरीमाथि धुवाँ बम र अन्य बस्तुहरु प्रहार गर्न थालेपछि प्रदर्शन रोकेर २ दर्जनभन्दा धेरैलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रदर्शनका क्रममा कालो पोशाक लगाएका प्रदर्शनकारीहरुले पसलहरु तेडफोड गर्नुका साथै डाउनटाउनका सडकमा आगजनी गरेको र प्रहरीको गाडीमा क्षति पुर्याएको प्रहरीको दावी छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शियाटलमा प्रहरीले पाँचजना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रदर्शनकारीहरुले प्रहरीमाथि रित्ता बोतल, खुर्सानीको स्प्रे र फायर मार्बलले आक्रमण गरेका थिए ।

क्यालिफोर्नियाको ओकल्याण्डबाट पनि प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको छ । मानवसांग्लो निर्माण गरेर काउन्टीको भवनमा छिर्न अवरोध गरेका उनीहरुले काउन्टीको प्रहरीले अध्यागमनका सन्दर्भमा संघीय अध्यागमन अधिकारीहरुसँग समन्वय गर्न नहुने माग गरेका थिए ।

अमेरिकाको वेष्टकोस्टमा भएका झडपहरुबाहेक अन्य स्थानमा भएका प्रदर्शनहरु भने शान्तिपूर्ण भए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com