ट्रम्पका पक्षबाट धाँधलीको दावी सहित दायर ५ मुद्दा पेन्सिलभेनियाको अदालतबाट खारेज


प्रकाशित मिति : कार्तिक २८, २०७७ शुक्रबार

हुलाकमार्फत मतपत्र पठाएर गरिएको मतदानमा धाँधली भएको भन्दै डोनाल्ड ट्रम्प अभियानका तर्फबाट दायर गरिएका ५ वटा मुद्दाहरु पेन्सिलभेनियाको अदालतले अस्वीकार गरेको छ । पेन्सिलभेनियाको फिलाडेल्फियामा अदालतले धाँधलीका आरोपहरु अस्वीकार गरेको हो ।

याचिकाहरुमा ८ हजार ३ सय भन्दा धेरै मतपत्रहरुमा मतदाताहरुको हस्ताक्षरभन्दा तल नाम नलेखेको वा बाहिरी खाममा ठेगाना नलेखेको भन्दै धाँधली भएको आरोप लगाइएको थियो । अदालतले यी हरेक याचिकाहरु अस्वीकार गरेको छ ।

काउन्टीको बोर्ड अफ इलेक्सनको नियम अन्तरगत मतदाताहरुले खाममा नाम लेख्न आवश्यक नरहेको र हस्ताक्षर भन्दा तलपनि नाम लेख्न आवश्यक नभएकाले ट्रम्प अभियानका तर्फबाट दायर गरिएका मुद्दामा दम नभएको अदालतको तर्क छ । ती सबै मतपत्रहरु गणनाका लागि समयमै प्राप्त भएको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मिसिगन र विसकन्सिनमा ट्रम्प अभियानका तर्फबाट गरिएका धाँधलीका आरोपहरु अस्वीकार गरिएको बेला पेन्सिलभेनियामा पनि ट्रम्प पक्षको कानुनी पराजय भएको हो । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीकै उच्च समितिका तर्फबाट समेत यो चुनाव अमेरिकी इतिहासमा नै सबैभन्दा सुरक्षित भएको भन्दै संयुक्त बक्तब्य जारी गरिएको थियो ।

गत शनिबार नै अमेरिकी राष्ट्रपतिमा जो बाइडेनलाई निर्वाचित भएको घोषणा गरिएपनि ट्रम्पले अहिलेसम्म पराजय स्वीकार गरेका छैनन् । उनको कानुनी लडाई जारी रहँदा उनको मुद्दाको प्रतिनिधित्व गर्ने केही वकिलहरुले समेत हात झिकिसकेका छन् ।

सबै राज्यबाट आयो परिणाम

अमेरिकी राष्ट्रपति चुनावमा सबै राज्यको नतिजा घोषणा गरिएको छ । १६ इलेक्टोरल कलेज मत रहेको जर्जियामा जो बाइडेनले जीतेका छन् भने डोनाल्ड ट्रम्पले १५ इलेक्टोरल कलेज मत रहेको नर्थ क्यारोलिनामा जीतेका छन् । विगतका राष्ट्रपति चुनावमा एकै रातमा परिणाम आउने भएपनि यसपटक परिणामहरु आउन १० दिन लागेको छ ।

जर्जियामा बाइडेनले झण्डै १४ हजार मतको अन्तरले जितेका हुन् । बाइडेनले २४ लाख ७२ हजार १ सय २ मत प्राप्त गरेका छन् भने ट्रम्पले २४ लाख ५८ हजार १० मत प्राप्त गरेका छन् । मतअन्तर प्रतिशतमा शुन्य दशमलव ३ प्रतिशत रहेको छ ।

नर्थ क्यारोलिनामा ट्रम्पले झण्डै ७५ हजार मतको अन्तरले जीतेका छन् । तर यो जीत उनलाई राष्ट्रपतिमा पुन निर्वाचित हुन प्रयाप्त भने भएन ।

नोभेम्बर ३ मा भएको चुनावपछि नोभेम्बर ७ मा अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको विजय घोषणा गरिएको थियो । पेन्सिलेभेनिया जितेपछि बाइडेनलाई राष्ट्रपति हुन आवश्यक इलेक्टोलर मत सुरक्षित भएको थियो ।

अब सबै राज्यको घोषणा भइसक्दा बाइडेनका पक्षमा ३०६ इलेक्टोरल कलेज मत सुरक्षित भएको छ भने ट्रम्पका पक्षमा २३२ इलेक्टोरल कलेज मत प्राप्त भएको छ । कुल पपुलर मत मध्ये बाइडेनले ५० दशमलव ८ प्रतिशत र ट्रम्पले ४७ दशमलव ४ प्रतिशत प्राप्त गरेका छन् ।

ट्रम्पले ७ करोड २७ लाख २२ हजार ९ सय १२ मत प्राप्त गरेका छन् भने बाइडेनले ७ करोड ८० लाख ७१ हजार ८७५ मत प्राप्त गरेका छन् । सन् २०१६ को चुनावमा ट्रम्पले जीतेका ५ वटा राज्यमा बाइडेनले जीतेका छन् । विसकन्सिन, मिसिगन, पेन्सिलभेनिया, जर्जिया र एरिजोनामा बाइडेनले जीतेका हुन् ।

सन् १९४८ यता एरिजोना जित्ने बाइडेन दोश्रो डेमोक्र्याट हुन् । त्यतिबेला ह्यारी टर्मयान ले चुनाव जीतेका थिए । त्यसपछि सन् १९९६ मा बिल क्लिन्टनले झिनो मतले एरिजोना जीतेका थिए ।

१६ इलेक्टोरल मत रहेको जर्जियामा राष्ट्रपति चुनावमा सन् १९९६ देखि रिपब्लिकनले जित्दै आएका थिए । सन् २००२ यता जर्जियामा रिपब्लिकन गभर्नरले जित्दै आएका थिए । त्यस्तै जर्जियाबाट सिनेटमा पनि रिपब्लिकनले जित्दै आएका थिए । तर हाउसमा भने मिश्रित प्रतिनिधित्व रहँदै आएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com