अन्तत: बाँकीले पनि गरे एरिजोनामा बाइडेनको जीत घोषणा, १९४८ पछि एरिजोना जित्ने दोश्रो डेमोक्र्याट्स


प्रकाशित मिति : कार्तिक २८, २०७७ शुक्रबार

फक्स न्यूजले राष्ट्रपति उम्मेदबार जो बाइडेनले एरिजोना जितेको घोषणा चुनावकै राती गरेको थियो । तर सीएनएन लगायतका मिडियाले भने अहिलेसम्म घोषणा गरेका थिएनन् । बिहिबार बाँकी मिडियाहरुले पनि एरिजोना बाइडेनले जीतेको घोषणा गरेका छन् ।

एरिजोनामा जीतसँगै बाइडेनले २९० इलेक्टोरल मत सुरक्षित गरेका हुन् । अब जर्जिया र नर्थ क्यारोलिनाको अन्तिम नतिजा आउन बाँकी रहेको छ । अहिलेसम्म डोनाल्ड ट्रम्पले २१७ इलेक्टोरल मत प्राप्त गरेका छन् । जर्जिया र नर्थ क्यारोलिना दुबै जितेपनि ट्रम्पलाई राष्ट्रपति हुन प्रयाप्त इलेक्टोरल मत आउनेछैन ।

सन् १९४८ यता एरिजोना जित्ने बाइडेन दोश्रो डेमोक्र्याट हुन् । त्यतिबेला ह्यारी टर्मयान ले चुनाव जीतेका थिए । त्यसपछि सन् १९९६ मा बिल क्लिन्टनले झिनो मतले एरिजोना जीतेका थिए । एरिजोनामा ११ इलेक्टोरल कलेज मत रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अघिल्लो चुनावमा ट्रम्पले जीतेका एरिजोनासहित विसकन्सिन, पेन्सिलभेनिया र मिसिगनमा पनि बाइडेनले जीतिसकेका छन् । जर्जियामा पनि झण्डै १५ हजार मतले बाइडेनले नै अग्रता कायम गरिरहेका छन् । नर्थ क्यारोलिनामा भने ट्रम्पको अग्रता कायम रहेको छ ।

अहिलेसम्म ट्रम्पले ७२ मिलियनभन्दा बढी पपुलर मत प्राप्त गरेका छन् । बाइडेनले त्यो भन्दा झण्डै ५ मिलियन बढी ७७ मिलियन पपुलर मत प्राप्त गरेका छन् । ८ वटा ब्याटलग्राउण्ड राज्यमध्ये ५ वटामा बाइडेनले जीतेका छन् भने दुईवटा ट्रम्पले जितेका छन् । जर्जियाको अन्तिम परिणाम आउन बाँकी छ ।

१६ इलेक्टोरल मत रहेको जर्जियामा राष्ट्रपति चुनावमा सन् १९९६ देखि रिपब्लिकनले जित्दै आएका छन् । तर यसपटक जर्जिया ब्याटलग्राउण्ड राज्य भएको छ । सन् २००२ यता जर्जियामा रिपब्लिकन गभर्नरले जित्दै आएका छन् । त्यस्तै जर्जियाबाट सिनेटमा पनि रिपब्लिकनले जित्दै आएका छन् । तर हाउसमा भने मिश्रित प्रतिनिधित्व रहँदै आएको छ ।

नर्थ क्यारोलिनामा नोभेम्बर ३ को पोष्टमार्क भएका र हिजो नोभेम्बर १२ सम्म हुलाकबाट आइपुगेका मतपत्रहरु समेत गणना गरिने भएकाले त्यहाँको अन्तिम परिणाम पनि अब छिट्टै आउने अपेक्षा गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com