अमेरिकी इतिहासमै सुरक्षित चुनाव भएको उच्च सरकारी अधिकारीहरुको निष्कर्ष, ट्रम्पले निष्काशन गर्नसक्ने


प्रकाशित मिति : कार्तिक २७, २०७७ बिहीबार

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका उच्च अधिकारीहरु संलग्न समितिले यसपटकको राष्ट्रपति चुनाव अमेरिकी इतिहासमा नै सबैभन्दा सुरक्षित रहेको निष्कर्ष सार्वजनिक गरेका छन् । सरकारको साइबरसेक्युरिटी एण्ड इन्फास्ट्रक्चर सेक्युरिटी एजेन्सी सिसाले यस्तो निष्कर्ष निकालेको हो ।

डोनाल्ड ट्रम्पमा चुनावमा ब्यापक धाँधली भएको आरोप लगाइरहँदा सरकारका उच्च समितिहरुले वक्तब्य जारी गरेर प्रणालीमा कुनै मतहरु डिलिट भएको र हराएको कुनै प्रमाण नभएको बताएका छन् । त्यस्तै भोटहरु अदलबदल गरिएको वा कुनै तरिकाबाट साटफेर गरिएको कुनै प्रमाण नभएको पनि उनीहरुको भनाई छ ।

मतदान प्रणाली पूर्व परीक्षणबाट सुरक्षित बनाइएको समेत वक्तब्यमा जनाइएको छ । अहिले अमेरिकाभरका निर्वाचन अधिकारीहरुले चुनावको अन्तिम नतिजा सार्वजनिक गर्नु अगाडि सबै चुनावी प्रकृया पुनरावलोकन र पुन परीक्षण गरिरहेको सिसाको वक्तब्यमा जनाइएको छ ।

क्रिस्टोफर क्रेब्स

वक्तब्यको पूर्ण पाठ

राष्ट्रपति चुनावमा हरेक मतको पेपर रेकर्ड समेत रहेकाले आवश्यक परेमा हरेक मतपत्र गणना गर्नमा कुनै समस्या नरहेको समेत जनाइएको छ । यो अतिरिक्त सुरक्षाको फाइदा भएको र यो प्रकृयाले कुनै गल्ती भएमा त्यसको सहजै पहिचान गर्न सकिने वक्तब्यमा उल्लेख छ ।

ह्वाइट हाउसलाई आक्रोशित पार्नेगरी चुनाव इतिहासमा नै सबैभन्दा सुरक्षित रहेको निष्कर्ष सहितको वक्तब्य जारी गर्ने होमल्याण्ड सेक्युरिटी अन्तरगतको कमिटि सिसाका निर्देशक क्रिस्टोफर क्रेब्सले आफू निष्काशन हुनसक्ने बताएका छन् । ह्वाइटहाउसले सिसाका साइबरसेक्युरिटी सहायक निर्देशक ब्रायन वेयरलाई राजिनामा दिन भनेपछि उनले बिहिबार राजिनामा दिइसकेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com