तिहारका लागि मेरिगोल्ड फूल फुलाउँदै भण्डारी दम्पती


प्रकाशित मिति : कार्तिक २६, २०७७ बुधबार

कास्कीको पोखरा महानगरपालिका वडा नं १७ विरौटास्थित बाराही नर्सरी यतिखेर मेरिगोल्ड फूलले ढकमक्क ढाकिएको छ । नेपालीको दोस्रो महत्वपूर्ण फूलैफूलको पर्व तिहार नजिकिँदै गर्दा नर्सरीका सञ्चालक वसन्त भण्डारी र उनकी श्रीमती सञ्चितालाई मेरिगोल्डले छुट्टै खुशी ल्याएको छ ।

भाडामा लिइएको जग्गामा पुष्प व्यवसाय गरेका उनीहरूका लागि यो व्यवसाय नौलो भने होइन । आजभन्दा एक दशकअघि विसं २०६६ देखि पुष्प व्यवसायमा लागेको भण्डारी दम्पतीले विगतका वर्षमा राम्रै आम्दानी गरेपछि यसलाई निरन्तरता दिँदै आएको छ । सञ्चालक सञ्चिताले यस वर्ष करिब एक रोपनी जग्गामा एक हजार २०० अमेरिकन मेरिगोल्ड जातको फूलका बिरुवा रोपिएको र उत्पादन राम्रो भएको जानकारी दिइन् । “एउटा फूलको बोटमा सरदर ३० वटा फूलका थुङ्गा टिप्न तयार भएका छन्”, उनले भनिन्, “प्रतिथुङ्गा रु पाँचमा बिक्री गर्ने सोचमा छौँ ।” तिहारमा फूलबाट रु एक लाख ५० हजार आम्दानी गर्ने उनीहरूको लक्ष्य छ ।

यतिखेर फूलसहितको बोटलाई रु २५० मा बिक्री गर्दै आएको बताउँदै उनले फूलका पारखी नर्सरीमै आउने गरेका जानकारी दिए। फूल मात्र नभई बिरुवा बिक्री गरेर पनि राम्रै आम्दानी भएको उनले जानकारी दिए । गत वर्ष लगभग पाँच रोपनी क्षेत्रफलमा पुष्प व्यवसाय गरेको बताउँदै भण्डारीले विश्वव्यापी पैmलिएको कोरोना भाइरसको कारण यस वर्ष थोरै क्षेत्रफलमा खेती गरिएको सुनाए ।

शुरुमा बोडीखेती गर्न तयार पारिएको बारीमा केही ठाउँ खाली भएपछि नजिकैको नर्सरीबाट भण्डारी दम्पतीले १५० फूलका बिरुवा किनेर फूलखेती फस्टाएपछि यसलाई व्यवसायका रूपमा अपनाउँदै आएको हो । फुर्सदका समय सदुपयोग गर्दै जग्गा तयारीदेखि बिरुवा लगाउने, गोडमेल गर्ने आवश्यकतानुसार औषधि प्रयोग गर्ने आफूहरूको नित्यकर्म बनेको सञ्चालक वसन्तले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विगतमा प्लाष्टिक टनेलभित्र र खुला दुवै तरिकाबाट भए पनि यस वर्ष भने खुलारूपमा व्यावसायिक फूलखेती गरेको बताउँदै उनले तिहारमा बाहिरबाट आउने फूलसँग प्रतिष्पर्धा गर्नुपर्दा उचित मूल्य नपाउने गरेको गुनासो गरे । बारीमा उत्पादन भएको फूलको प्रतिथुँगा रु पाँच र एउटा मालाको रु ५० देखि रु १०० सम्म बिक्री हुन्छ । महँगो बीउ, जनशक्ति अभाव र आवश्यकतानुसारको प्राविधिक सहयोग प्राप्त हुन नसक्दा उत्पादनको लागत बढी हुने गरेको उनले बताए। उनका अनुसार अमेरिकन मेरिगोल्ड एक पटक मात्र फुल्ने भएकाले तिहारका लागि लक्ष्य गरिएको हो ।

यस वर्ष नर्सरीमा उत्पादित एभोकाडो एक हजार ८००, सुन्तला तीन हजार, कागती एक हजार पाँचसय, ड्रागनफुट एक हजार दुई सय, अम्बा ५००, मेरिगोल्ड फुलका ४००, मेवाका १०० बिरुवा बिक्री गरी रु  तीन लाख पचास हजारभन्दा बढी आम्दानी गरेको भण्डारी दम्पती बताउँछन् । पुष्प व्यवसायी सङ्घ कास्कीका अध्यक्ष सीतामाया रानाले जिल्ला फूलमा आत्मनिर्भर भएको जानकारी दिए । संस्थामा बिभिन्न ३२ वटा फूल उत्पादक नर्सरी आबद्ध रहेको बताउँदै उनले पोखरा र आसपासमा उत्पादित फूलले बजारको मागलाई पूरागर्ने विश्वास व्यक्त गरे । यस वर्ष तिहारको पाँच दिनमा पोखरामा लगभग रु सात करोड कारोबार हुने अनुमान गरिएको छ ।

कोरोनाका कारण पनि व्यवसायीले फूल उत्पादनमा कुनै कमी हुन नदिएको बताउँदै अध्यक्ष रानाले बाहिरबाट आउने फूल पूर्णरुपमा विस्थापित गर्नेतर्पm सङ्घ निरन्तर अभियानमा जुट्दै आएका कारण यस वर्ष अन्य जिल्ला तथा विदेशबाट फूल नआउने जनाए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com