कतारका राजकुमारले गरे आमादब्लम हिमाल आरोहण
प्रकाशित मिति : कार्तिक २६, २०७७ बुधबार

कतारका राजकुमारले अमादब्लम हिमालको सफल आरोहण गरेका छन् । हिमालयन गाइड नेपालका प्रबन्ध निर्देशक ईश्वरी पौडेलका अनुसार राजकुमारसहित उनको टोलीले बुधबार बिहान ११ः२० मा अमादब्लम हिमालको सफल आरोहण गरेका हुन् ।
राजकुमार शेख मोहम्मद विन अब्दुल्लाहले ६ हजार आठ सय १२ मिटर अग्लो हिमालको आज सफल आरोहण गरेका हुन् । टोलीमा कतारका राजकुमार अब्दुल्लासहित अमेरिकन, क्यानेडियन र नेपाली गरी १४ जना छन् ।