चुनावी विवाद राज्यले समाधान गर्नुपर्ने भएपनि संघीय अभियोजनकर्तालाई छानविनको अनुमति


प्रकाशित मिति : कार्तिक २५, २०७७ मंगलबार

अमेरिकी एटोर्नी जनरल विलियम बारले राष्ट्रपति पदको निर्वाचनमा धाँधलीको छानबिन गर्न संघीय अभियोजनकर्ताहरुलाई अनुमति दिएका छन् । न्याय विभागका एक वरिष्ठ अधिकारीलाई पद छोड्ने संकेत दिए। अधिकारी रिचार्ड पिल्जरले त्यस्ता अनुसन्धानहरूको निरीक्षण गर्ने थिए ।

यस्तो कुनै पनि केस सामान्यतया सम्बन्धित राज्यहरूभित्रै समाधान गरिन्छ । तर विलियम बारले त्यस्तो हुनैपर्ने भन्ने कतै नभएको बताएका छन् । अमेरिकामा महान्यायाधिवक्ताको पद कानुनमन्त्री सरह हो । उनी अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसका प्रमुख हुन् ।


डोनाल्ड ट्रम्पले जो बाइडेनको जीतलाई अस्वीकार गर्दै आएका छन् र चुनावमा धाधली भएको दावी गर्दै आएका छन् । ट्रम्पको अभियानले पेनसिल्भेनियामा राज्यलाई चुनावी नतिजा प्रमाणित गर्नबार्ट रोक्न आपतकालीन निरोधक आदेश खोजिरहेको छ ।

ट्रम्पका प्रवक्ताले कानुनी लडाईको यो सुरुवातमात्रै भएको बताएका छन् । गत शनिबार पेन्सिलभेनियामा बाइडेनले जीतेपछि अमेरिकामा बाइडेनलाई राष्ट्रपतिमा विजयी भएको घोषणा गरिएको थियो ।

महान्यायाधिवक्ता बारले संघीय अभियोजनकर्ताहरुले चुनावमा अनियमितताबारे सोधपुछ गर्न पाउने जनाएका छन् । अनियमितताको विश्वसनीय प्रमाण भएमा चुनावी परिणाममा प्रभाव पर्नसक्ने उनले बताएका छन् ।

अभियोजनकर्ताहरुले स्पष्ट प्रमाण भएमा मात्र हेर्नुपर्ने तर सामान्य आरोप, विना प्रमाणका दावी लगायतलाई भने वेवास्ता गर्नुपर्ने बताएका छन् । यसबारे सम्बन्धित राज्यको प्रारम्भिक उत्तरदायीत्व भएको बारले स्वीकार गरेका छन् ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com