नेपाल बैंकर्स संघले तिहारमा पनि बैंकहरु बन्द गर्ने भएको छ । संघले तिहारमा तीन दिन बैंकहरु बन्द हुने सूचना जारी गरेको छ ।
संघले मंगलबार विज्ञप्ति जारी गर्दै तिहारको विदामा कात्तिक २९ देखि मंसिर १ गतेसम्म बैंकका शाखाहरु बन्द हुने जनाएको छ ।
बैंकका शाखा बन्द भएता पनि डिजिटल बैंकिङ्ग सेवा सुचारु हुने जनाएको छ । साथै, एटिएम सेवा समेत यथावत रुपमा प्रयोग गर्न सकिने संघले जनाएको छ । कोरोना भाइरस संक्रमणबाट बच्न तथा जोखिम न्यूनिकरणका लागि डिजिटल बैंकिङ्गको अधिकत्तम प्रयोग गर्न समेत संघले आग्रह गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमण मुलुकमा पनि बढदै गएको र पछिल्ला केही दिनहरुमा सो संख्या झन् बढदै गएको उल्लेख गर्दै बैंकहरुमा हालसम्म ६ हजारभन्दा बढी कर्मचारीहरु संक्रमित भइसकेको पनि संघले जनाएको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।