बाइडेन राष्ट्रपति भएपछि ११ मिलियन कागजपत्रविहिनलाई अमेरिकी नागरिकताको बाटोमा लगिएला ?


प्रकाशित मिति : कार्तिक २३, २०७७ आईतबार

अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएपछि अमेरिकामा रहेका झण्डै ११ मिलियन कागजपत्रविहिनलाई अमेरिकी नागरिकताको बाटोमा लगिएला ? यो प्रश्न यतिखेर सबैको मनमा उब्जेको छ । तर यसको जवाफ सहज भने छैन ।

डेमोक्र्याट्सहरुले ११ मिलियन आप्रवासीलाई ग्रिनकार्ड हुँदै अमेरिकी नागरिकताको बाटोमा लैजाने पक्षमा लामो समयदेखि वकालत गर्दै आएका छन् । बराक ओबामा राष्ट्रपति र जो बाइडेन उपराष्ट्रपति भएको बेलामा सन् २०१३ मा बृहत अध्यागमन सुधार सहितको यस्तो बिल पारित गराउने असफल प्रयास समेत भएको थियो । तर त्यतीबेला सिनेटमा डेमोक्र्याट्सको बहुमत रहेपनि हाउसमा भने रिपब्लिकनको बहुमत कायम भएकाले बिल पारित हुन सकेन ।

यद्यपी सन् २००९ देखि सन् २०११ सम्म दुबै सदनमा डेमोक्र्याट्सको बहुमत थियो भने राष्ट्रपति बराक ओबामा र उपराष्ट्रपति जो बाइडेन थिए । त्यतीबेला डेमोक्र्याट्सले चाहेका अध्यागमन सुधारका कुनै पनि बिल पारित गराउन सक्ने अवस्था थियो । तर त्यस्ता बिलहरु संसदमा ल्याइएन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसपछिको सन् २०११ देखि २०१३ सम्मको संसदमा सिनेटमा डेमोक्र्याट्सको र हाउसमा रिपब्लिकनको बहुमत कायम भयो । त्यतीबेला ११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्डको बाटो हुँदै अमेरिकी नागरिकताको बाटोमा लैजाने बिलले निकै चर्चा पायो । तर राष्ट्रपति ओबामा भएपनि संसदका दुबै सदनमा एउटै पार्टीको बहुमत कायम नभएका कारण यो बिल पारित हुन सकेन ।

२०१३ देखि २०१५ सम्मको संसदमा पनि उही अवस्था कायम रह्यो । अर्थात् हाउसमा रिपब्लिकनको र सिनेटमा डेमोक्र्याट्सको बहुमत कायम भयो । त्यसपछिको २०१५ देखि २०१७ सम्मको संसद रिपब्लिकनको नियन्त्रणमा गयो । अर्थात् दुबै सदनमा रिपब्लिकनको बहुमत कायम भएकाले ओबामा कार्यकालको उत्तरार्धमा डेमोक्र्याट्सले संसदबाट अध्यागमनका सन्दर्भमा केही पारित गराउन सकेनन् ।

यसैबीचमा सन् २०१७ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हाले । २०१७ देखि २०१९ सम्म संसदका दुबै सदनमा रिपब्लिकनको बहुमत कायम रह्यो । त्यसपछिको २०१९ देखि अहिलेको संसदमा पुन परिदृश्य बदलियो । अर्थात् सिनेटमा रिपब्लिकनको र हाउसमा डेमोक्र्याट्सको बहुमत कायम भयो ।

यसपटक हाउसमा डेमोक्र्याट्सको बहुमत कायम हुने देखिएको छ । तर सिनेटको परिदृश्य हेर्दा रिपब्लिकनले बहुमत कायम गर्ने सम्भावना बढी रहेको छ । संसदका दुईवटा सदनमा दुईपार्टीको नियन्त्रण कायम रहेको अवस्थामा डेमोक्र्याट्सले दुईदलीय सहमति विना ल्याएका कुनै पनि बिलहरु पारित हुन सहज हुनेछैन ।

ओबामा कार्यकालमा र ट्रम्प कार्यकालमा झण्डै २ बर्ष राष्ट्रपति र संसदमा नियन्त्रण एउटै पार्टीको कायम रह्यो । तर त्यो बेलामा उनीहरुले खासै उल्लेख्य बिलहरु ल्याउन सकेनन् । जब संसदका दुबै सदनमा फरक फरक पार्टीको नियन्त्रण कायम हुन्छ, उनीहरुले आफ्ना एजेण्डाहरु तेज पार्ने गरेका छन् । तर फरकफरक पार्टीको नियन्त्रण कायम भएकाले ती एजेण्डा पारित हुन र कार्यान्वयन हुन सकेका छैनन् ।

डेमोक्र्याट्सले ११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्डको बाटोमा लैजाने गरी प्राथमिकतामा राख्दै आएको बृहत अध्यागमन सुधारको एजेण्डा दुबै सदनमा उनीहरुको नियन्त्रण कायम नभएसम्म पारित हुन सहज छैन । राष्ट्रपति बाइडेन भएकै अवस्थामा दुबै सदनमा उनीहरुको नियन्त्रण कायम भएमा के गर्नेछन् ? त्यो भने हेर्न बाँकी छ । यद्यपी डाका र टीपीएसले समेटेकाहरुलाई तत्काल देशनिकाला हुनबाट जोगाउन भने बाइडेनले कार्यकारी आदेशमार्फत सहजै सक्नेछन् ।

 

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com