न्युयोर्कको स्थानीय सरकारबाट न्युयोर्क निवासी लेखकको सम्मानमा ‘राजन थपलिया डे’


प्रकाशित मिति : कार्तिक २२, २०७७ शनिबार

न्युयोर्कको ब्रुकलिन बोरोले न्युयोर्क निवासी चर्चित नेपाली युवा लेखक राजन थपलियाको सम्मानमा राजन थपलिया डे घोषणा गरेको छ । सन् २०२० को जुलाई १ लाई ‘राजन थपलिया डे’ घोषणा गर्दै ब्रुकलिन बोरोका तर्फबाट थपलियालाई विशेष सम्मानपत्र प्रदान गरिएको छ ।

उक्त सम्मानपत्रमा ब्रुकलिन बोरोका प्रेसिडेन्ट एरिक आडम्सबाट हस्ताक्षर गरिएको छ । उक्त दिन राजन थपलियाको सम्मानमा ‘राजन थपलिया डे’ घोषणा गरिएको उल्लेख गर्दै सम्मानपत्रमा भनिएको छ – ‘म ब्रुकलिन बोरो प्रेसिडेन्ट एरिक आडम्स सन् २०२० को जुलाई १ बुधबारलाई अमेरिकाको ब्रुकलिनमा राजन थपलिया डे घोषणा गर्दछु ।’

थपलियालाई बधाई ज्ञापन गर्दै बरिष्ठ गायक यम बराल, न्युयोर्कका सामाजिक व्यक्तित्व नवराज केसी र कलाकार नन्दिता केसीका साथमा खसोखासका प्रधान सम्पादक किशोर पन्थी र सम्पादक दिपक परियार ।

कोरोनाको महामारीका कारण उक्त सम्मानपत्र आज हस्तान्तरण गरिएको हो । सम्मानपत्रमा राजन थपलियाले नेपाली अमेरिकन लेखकका रुपमा गरेको योगदानको चर्चा गरिएको छ । थपलियाले झण्डै एकदर्जन अँग्रेजी भाषामा पुस्तकहरु लेखिसकेका छन् । उनका प्राय पुस्तकहरु साहित्य र आत्मप्रेरक रहेका छन् ।

थपलियाका लेख रचनाहरु विश्वचर्चित हफपोष्ट, थ्राइभ ग्लोबल र फोब्र्स मध्यपूर्व लगायतका अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा प्रकाशित भइसकेका छन् । थपलिया खसोखासका अँग्रेजी सम्पादक समेत हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आज एक विशेष समारोहमा न्युयोर्कका सामाजिक व्यक्तित्व नवराज केसी, खाम भट्ट, रायन लाम्गादे, खसोखासका प्रधानसम्पादक किशोर पन्थी, सम्पादक दिपक परियार, बरिष्ठ गायक यम बराल, कलाकार नन्दिता केसी, व्यवसायी कञ्चन केसी, संचारकर्मीहरु अकुर लुईटेल र बिक्की पुलामीले थपलियालाई बधाई तथा शुभकामना दिए ।

कुनै क्षेत्रमा विशेष योगदान दिएका विशिष्ट व्यक्तित्वको सम्मानमा त्यस्ता व्यक्तित्वको नाममा डे घोषणा गरिन्छ । तर उक्त डे हरेक बर्ष मनाउने नभई त्यही बर्षको तोकिएको दिनका लागिमात्र घोषणा गरिएको हो ।

यसअगाडि डा. विष्णुमाया परियारको सम्मानमा केन्टकीको लुइभिल सिटीका तर्फबाट  सन् २०१५ को सेप्टेम्बर २७ लाई बिष्णुमाया परियार डे घोषणा गरेको थियो । जुन सम्भवत पहिलो थियो । त्यसपछि लुना रञ्जितको सम्मानमा सन् २०१६ मा न्युयोर्क सिटी मेयर कार्यालयले लुना रञ्जित डे घोषणा गरेको थियो ।

त्यसपछि गतबर्ष न्युयोर्कको छैठौं कँग्रेसनल डिस्ट्रिक्टभरका लागि उक्त डिस्ट्रिक्टका सांसदका तर्फबाट नवराज केसीको सम्मानमा नवराज केसी डे घोषणा गरिएको थियो । गतबर्ष नै न्युयोर्कको वेस्टर वे सिटीले रक्तदाता अर्जुन मैनालीको सम्मानमा अर्जुन मैनाली डे मनाएको थियो ।

 

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com