चुनाव आफैले जीतेको र पदमा रहेको राष्ट्रपतिले यति धेरै मत पहिलोपटक ल्याएको ट्रम्पको दावी
प्रकाशित मिति : कार्तिक २२, २०७७ शनिबार

चुनाव आफैले जीतेको र पदमा रहेको राष्ट्रपतिले यति धेरै मत पहिलोपटक ल्याएको डोनाल्ड ट्रम्पले दावी गरेका छन् । आफूले ७१ मिलियन वैध मत ल्याएको र अमेरिकाको इतिहासमा पदमा रहेका राष्ट्रपतिले ल्याएको यो नै सबैभन्दा धेरै मत रहेको भन्दै ट्रम्पले ट्वीट गरेका छन् ।
THE OBSERVERS WERE NOT ALLOWED INTO THE COUNTING ROOMS. I WON THE ELECTION, GOT 71,000,000 LEGAL VOTES. BAD THINGS HAPPENED WHICH OUR OBSERVERS WERE NOT ALLOWED TO SEE. NEVER HAPPENED BEFORE. MILLIONS OF MAIL-IN BALLOTS WERE SENT TO PEOPLE WHO NEVER ASKED FOR THEM!
— Donald J. Trump (@realDonaldTrump) November 7, 2020
मतगणनास्थलमा पर्यवेक्षकहरुलाई अनुमति नदिइएको दावी गर्दै ट्रम्पले आफूले चुनाव जीतेको बताएका छन् । आफ्ना पर्यवेक्षकहरुलाई मत गणना हेर्न नदिइएको र खराब कुरा भएको ट्रम्पको भनाई छ । यस्तो कहिलेपनि नभएको उनको भनाई छ । कहिले नै मतपत्र अनुरोध नगरेकाहरुलाई दशौं लाख मतपत्रहरु हुलाकबाट पठाइएको ट्रम्पको दावी छ ।
71,000,000 Legal Votes. The most EVER for a sitting President!
— Donald J. Trump (@realDonaldTrump) November 7, 2020
अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएको घोषणा भएको झण्डै ५ घण्टापछि ट्रम्पले यस्तो ट्वीट गरेका हुन् । ट्रम्पको पहिलो ट्वीट ट्वीटरले विवादास्पद भन्दै फ्लाग गरेको छ ।
यसैबीच आज राती ८ बजे नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले विशेष सम्बोधन गर्ने भएका छन् । बाइडेनलाई चर्चित रिपब्लिकनहरु मिट रोम्नी र जेब बुस लगायतले बधाई दिइसकेका छन् । त्यस्तै पूर्व राष्ट्रपति बराक ओबामा लगायतले पनि बाइडेनलाई बधाई दिएका छन् ।