संसद अधिवेशन बोलाएर यी ६ मुद्दामा छलफल गर्न बाबुराम भट्टराईको माग


प्रकाशित मिति : कार्तिक २२, २०७७ शनिबार

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसद अधिवेशन बोलाउन माग गरेका छन् ।

अध्यक्ष भट्टराईले सत्तारुढ नेकपाको आन्तरिक किचलो उसैले छिनोफानो गरे पनि हालका लागि गम्भीर देखिएका विषयमा संसद अधिवेशनमा छलफल गर्नुपर्ने धारणा सार्वजनिक गरेका हुन् ।

शनिबार उनले ट्वीट गर्दै विभिन्न ६ मुद्दामा छलफल गर्न अधिवेशन माग गरेका छन् ।

‘सरकारको दुष्कर्म/अकर्म आम जनता र प्रतिपक्षी दलहरूको पनि गम्भीर चासोको बिषय हुनाले यी मुद्दामा संसद अधिवेसन बोलाएर छलफल गर्ने कि : १.कोरोना २.अर्थतन्त्र ३.संघीयता ४.भ्रष्टाचार ५.विदेश सम्बन्ध ६.अन्य !’ उनले ट्विटरमा लेखेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com