प्रष्टमत नआएपछि जर्जियामा जनवरी ५ मा विशेष चुनाव हुने


प्रकाशित मिति : कार्तिक २१, २०७७ शुक्रबार

जर्जियामा मतगणना अन्तिम चरणमा रहेको अवस्थामा सिनेटका २ सिटमा कसैले पनि ५० प्रतिशतभन्दा धेरै मत ल्याउन नसकेपछि आगामी जनवरी ५ मा विशेष चुनाव हुने निश्चित भएको छ । सिनेटका रिपब्लिकन उम्मेदबार डेभिड पर्डयु र डेमोक्रेटिक उम्मेदबार जोन ओसोफ दुबैले ५० प्रतिशतभन्दा धेरै मत ल्याउन सकेका छैनन् ।

दुई उम्मेदबारमध्ये रिपब्लिकन उम्मेदबारको अग्रता रहेको छ । तर उनले चुनाव जित्नका लागि आवश्यक स्पष्ट बहुमत ल्याउन सकेका छैनन् । जर्जियामा स्पष्ट बहुमत नल्याएको खण्डमा सबैभन्दा धेरै मत ल्याउने मुख्य दुई उम्मेदबारबीच अर्को चुनाव गराउने प्रावधान रहेको छ ।

जर्जियामा सिनेटको अर्को सिटमा पहिले नै जनवरी ५ मा विशेष निर्वाचत गराउने निश्चित भइसकेको छ । रिपब्लिकन उम्मेदबार केली लोफ्लर र डेमोक्रेटिक उम्मेदबार राफल वार्नकमध्ये कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि दुई मुख्य उम्मेदबारबीच जनवरी ५ मा पुन प्रतिस्पर्धा गराइने भएको छ ।

अमेरिकाको सिनेट

यी दुई उम्मेदबारहरुमध्ये डेमोक्रेटिक उम्मेदबारको अग्रता रहेपनि भोट भने ३३ प्रतिशतभन्दा पनि कम रहेको छ । सिनेटका २ सिटमा मात्र जनवरी ५ मा चुनाव हुनेछ । राष्ट्रपति लगायतका अन्य पदमा भने चुनाव हुनेछैन । यद्यपी २ वटा सिटमा चुनाव हुने भएपछि सिनेटमा रिपब्लिकन वा डेमोक्र्याट्स मध्ये कस्को नियन्त्रण कायम हुनेछ भन्ने थाहा पाउन जनवरीको पहिलोसातासम्म कुनुपर्ने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिलेसम्मको म परिणाम अनुशार सिनेटका एकसयसिटमध्ये ४८ मा डेमोक्र्याट्सको र ४८ मा रिपब्लिकनको नियन्त्रण कायम हुने देखिएको छ । अलास्का र नर्थ क्यारोलिनाको परिणाम आउन बाँकी रहेको छ तर दुबै स्थानमा रिपब्लिकन उम्मेदबारले अग्रता कायम गरेका छन् ।

अलास्का र नर्थ क्यारोलिनामा रिपब्लिकन उम्मेदबारले जीतेको खण्डमा सिनेटमा ४८ सिट डेमोक्र्याट्सको र ५० सिट रिपब्लिकनको हुनेछ । बाँकी २ सिट कस्लो हुने भन्ने कुराको निर्धारण जनवरीको पहिलो सातामात्र हुनेछ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com