धुम्बाराही बैठकको निष्कर्ष – ओलीलाई बैठक बोलाउन सामूहिक आग्रह गर्ने
प्रकाशित मिति : कार्तिक २१, २०७७ शुक्रबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2020/07/nekapa-party-office.jpg?fit=777%2C439&ssl=1)
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अनौपचारिक सचिवालय बैठक सम्पन्न भएको छ ।
शुकबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको सचिवालय सदस्यहरुको अनौपचारिक बैठकले प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर आधिकारिक बैठक बोलाउन सामूहिक आग्रह गर्ने निर्णयसहित बैठक समापन भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
आजको बैठकमा कार्यकारी अध्यक्ष ‘प्रचण्ड’सहित उपाध्यक्ष वामदेव गौतम, बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा प्रवक्ता श्रेष्ठ उपस्थित थिए । तर, प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल भने सहभागी थिएनन् । प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा उपस्थित हुन सचिवालयका नौ जनालाई सदस्यलाई नै खबर पठाइएको थियो ।