कोरोना संक्रमित मनोज गजुरेलको अवस्था गम्भीर, आईसियूमा उपचार हुँदै


प्रकाशित मिति : कार्तिक २०, २०७७ बिहीबार

कोरोना संक्रमित चर्चित हास्य कलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको छ। कात्तिक १० गते संक्रमण पुष्टि भएका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि बुधबार उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो।

थप उपचारका लागि उनलाई हिजो आईसियूमा सारिएको हो। हास्यव्यग्य समूह सिस्नुपानी नेपालका महासचिव तथा गजुरेलका निकट मित्र टंकराज आचार्यले दिनुभएको जानकारी अनुसार संक्रमण पुष्टि भएयता घरमा नै आइसोलेशन बसिरहनु भएका गजुरेलको अस्ति बुधबारबाट स्वास्थ्य अवस्था जटिल बनेपछि अस्पताल भर्ना गरिएको हो।

उहाँलाई लक्षणसहितको कोरोना पुष्टि भएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com