संसदका दुबै सदन नजिते बाइडेन राष्ट्रपति भएपनि गतिरोध


प्रकाशित मिति : कार्तिक २०, २०७७ बिहीबार

संसदका दुबै सदनमा बहुमत कायम गर्न नसकेको खण्डमा जो बाइडेनले राष्ट्रपति चुनाव जितेपनि सुरुदेखि नै गतिरोध कायम रहने देखिएको छ । अहिलेसम्मको अवस्था अनुशार सिनेटमा रिपब्लिकनको बहुमत कायम हुने सम्भावना रहेको छ ।

हाउसमा डेमोक्र्याटस्को बहुमत रहेपनि सिनेटमा रिपब्लिकनको बहुमत कायम रहेको खण्डमा डेमोक्र्याट्स समर्थित बिलहरु पारित हुनमा सहज हुनेछैन । डाका र टीपीएसवाहकलाई ग्रिनकार्डको बाटोमा लैजाने बिलहरुदेखि कोरोनाको राहत प्याकेजसम्म पारित हुनमा सहज हुनेछैन ।

बाइडेन राष्ट्रपतिमा निर्वाचित भएमा डोनाल्ड ट्रम्पले जारी गरेका केही कार्यकारी आदेशहरु उल्टाउन सक्नेछन् । र बाइडेनले नयाँ कार्यकारी आदेशहरु जारी गर्न सक्नेछन् । तर ट्रम्पले जारी गरेका आदेशहरु उल्टाउँदा अदालतको बाटोमा गएको खण्डमा सर्बोच्च अदालतमा रिपब्लिकनहरुले नियुक्त गरेका न्यायाधिसहरुको बाहुल्यता रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सर्वोच्च अदालतका ९ न्यायाधिसमध्ये ६ जना न्यायाधिसहरु रिपब्लिकनले नियुक्त गरेका रुढीवादी न्यायाधिसहरु रहेका छन् भने ३ जना न्यायाधिसहरु डेमोक्र्याट्सले नियुक्त गरेका प्रगतिशिल न्यायाधिसहरु रहेका छन् । कतिपय विषय सर्वोच्च अदालतमा पुग्दा बाइडेन प्रशासनको विपक्षमा निर्णयहरु आउनसक्ने सम्भावना उच्च रहेको छ ।

टीपीएस र डाकामा हुनेहरुले यति बेला बाइडेन राष्ट्रपतिमा निर्वाचित भएमा केही राहत प्राप्त हुने आशा गरेका छन् । तर दुबै सदनमा पकड कायम नभएसम्म उनीहरुलाई ग्रिनकार्डको बाटोमा लैजान सहज छैन । यद्यपी बाइडेनले कार्यकारी आदेशमार्फत तत्कालै देशनिकाला हुनबाट भने बचाउन सक्नेछन् ।

ट्रम्प प्रशासनको पालामा अध्यागमनका क्षेत्रमा गरेका कैयन नीतिगत परिवर्तनहरुलाई पनि बाइडेन राष्ट्रपतिमा निर्वाचित हुँदैमा तत्काल उल्टाउनसक्ने अवस्था नहुने देखिन्छ । युएससीआईएसले कैयन नियमहरुमा प्रकृया पूरा गरेर परिवर्तन गरेको छ । पब्लिक चार्ज लगायतका कैयन नियमहरु अदालतले पनि सदर गरिसकेको छ ।

सिनेटमा रिपब्लिकनको बहुमत कायम भएमा अदालतमा सुधार लगाएका डेमोक्र्याट्सका कैयन एजेण्डा त मृत प्राय नै हुनेछन् । डेमोक्र्याट्सहरु बन्दुक हिंशा, जलवायु परिवर्तन, समलिंगीहरुको अधिकार, मतदानको अधिकार, जातीय विभेद लगायतका कैयन विषयहरुलाई सम्बोधन गर्न इच्छुक देखिएका छन् । तर दुबै सदनमा पकड कायम नगर्दासम्म यी कुनै पनि विषय अगाडि बढाउन सहज हुनेछैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com