९९ प्रतिशत मतगणना हुँदा पनि जर्जियामा विजेता किन अनिश्चित?


प्रकाशित मिति : कार्तिक २०, २०७७ बिहीबार

९९ प्रतिशत मतगणना हुँदा पनि जर्जियामा को विजेता हुनेछ भन्ने अनुमान गर्न गाह्रो भएको छ । अत्यन्तै कम मार्जिनका कारण र अझै झण्डै ६० हजार मतगणना बाँकी रहेका कारण जर्जियामा कस्ले जित्छ अनुमान गर्न गाह्रो भएको हो ।

यो समाचार तयार पार्दासम्म जो बाइडेनको तुलनामा डोनाल्ड ट्रम्प १५ हजार मतले अगाडि छन् । तर गणना गर्न बाँकी रहेका मतले अन्तिम परिणाम बदल्न सक्ने अझै सम्भावना रहेकाले परिणाम अनुमान गर्न अझै कठिन रहेको छ ।

विगतमा रिपब्लिकनको पकड क्षेत्र रहेको जर्जिया अहिले ब्याटलग्राउण्ड राज्यका रुपमा उदय भएको हो । जर्जियाबाट कुल १६ इलेक्टोरल मत प्राप्त हुन्छ । अहिलेसम्म ट्रम्प शुन्य दशमलव ३ प्रतिशत मतलेमात्र अगाडि रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केहीबेर अगाडिसम्मको रिपोर्ट अनुशार ब्रायन काउन्टीमा ३ हजार २७, बु्रक काउन्टीमा ४९४, चाथम काउन्टीमा १७ हजार १ सय ५७, क्लेटन काउन्टीमा ७ हजार ४ सय ८, कब काउन्टीमा झण्डै ७ सय, फ्लोयड काउन्टीमा ६ सय ८२, फोर्सेथ काउन्टीमा ४ हजार ७ सय १३ मत गणना गर्न बाँकी रहेको छ ।

त्यस्तै फुल्टन काउन्टीमा ११ हजार २ सय, ग्वीनेट काउन्टीमा ७ हजार ३ सय, ह्यारिस काउन्टीमा ३ हजार ६ सय ४१, लरेन्स काउन्टीमा १७ सय ९७, पुटनाम काउन्टीमा १५५२, टेलर काउन्टीमा ४५६ मत गणना गर्न बाँकी रहेको छ ।

अहिलेसम्मको परिणाम अनुशार बाइडेनले झण्डै २४ लाख १९ हजार र ट्रम्पले २४ लाख ३४ हजार मत प्राप्त गरिसकेका छन् । जर्जियामा अहिले हुलाकबाट प्राप्त मतपत्रहरु गणना भइरहेको छ ।

झण्डै ११ हजार मतगणना बाँकी रहेको फुल्टन काउन्टीमा बाइडेनका पक्षमा झण्डै ७३ प्रतिशत र झण्डै साढे ७ हजार मतगणना बाँकी रहेको क्लेटन काउन्टीमा बाइडेनका पक्षमा ८५ प्रतिशत मत खसेको अनुमान गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com