अमेरिकामा बिहिबार विहान भइसक्दा ४ राज्यमा कस्तो छ मतगणनाको अवस्था?


प्रकाशित मिति : कार्तिक २०, २०७७ बिहीबार

अमेरिकामा बिहिबार विहान भइसकेको छ । सबैले व्यग्ररुपमा नेभाडा, जर्जिया, नर्थ क्यारोलिना र पेन्सिलभेनियाको नतिजा प्रतिक्षा गरिरहेका छन् । नेभाडामा ६, जर्जियामा १६, नर्थ क्यारोलिनमा १५ र पेन्सिलभेनियामा २० इलेक्टोरल मत रहेको छ ।

जर्जियामा मतगणना लगभग समाप्त भएको छ । फुल्टन काउन्टीमा मतगणना समाप्त भएको छ । झण्डै १ लाख ३२ हजार मतगणना गरिएको छ । त्यसको नतिजा न्युयोर्क समय अनुशार अहिले विहान ११ बजे सार्वजनिक गरिनेछ । अहिलेसम्मको मतपरिणाम अनुशार जर्जियामा डोनाल्ड ट्रम्पले कायम गरिरहेका छन् । तर फुल्टन काउन्टीमा झण्डै ८० प्रतिशत मत बाइडेनका पक्षमा खसेको बताइएको छ । विदेशमा रहेका सेनाका सदस्यले गरेका मतहरु गणना गर्न अझै बाँकी रहेको छ ।

नेभाडामा जो बाइडेनले जीतेमा ह्वाइट हाउस प्रवेशका लागि बाटो खुल्ने देखिएको छ । तर नेभाडाको बाँकी मत परिणाम अबको केहीघण्टामा मात्र आउने भएको छ । ७५ प्रतिशत मत गणना भइसकेको नेभाडामा बाइडेनले अग्रता कायम गरिरहेका छन् । २०१६ को चुनावमा नेभाडामा हिलारी क्लीन्टनले जीतेकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेभाडामा व्यक्ति उपस्थीत भएर गरिएका अग्रिम मतदानका सबै मत गणना भइसकेका छन् । त्यस्तै चुनावको दिन हालिएका मत पनि गणना भइसकेका छन् । नोभेम्बर २ सम्म हुलाकबाट प्राप्त मतहरु पनि गणना भइसकेको जनाइएको छ ।

बाँकी मतपत्रहरु गणनाको परिणाम न्युयोर्क समय अनुशार मध्यान्ह १२ बजे सार्वजनिक गरिने भएको छ । नेभाडामा झण्डै ६ लाखले हुलाकमार्फत मतपत्र पठाएर मतदान गरेका छन् ।

नर्थ क्यारोलिनाको पनि पूर्ण नतिजा आउन समय लाग्नेछ । नर्थ क्यारोलिनामा नोभेम्बर १२ सम्म हुलाकबाट प्राप्त मतपत्रहरु गणना गर्न सकिनेछ । ती मतपत्रहरुमा नोभेम्बर ३ वा त्यो भन्दा अगाडिको पोष्टमार्क हुनुपर्नेछ । तर झण्डै ९४ प्रतिशत मतगणना भइसकेको छ । अहिलेसम्म ट्रम्पले अग्रता कायम गरिरहेका छन् ।

पेन्सिलभेनियामा ८९ प्रतिशत मत गणना गरिएको छ । त्यसपछिको परिणाम सार्वजनिक गरिएको छैन । थप परिणाम आगामी घण्टाहरुमा आउने अपेक्षा गरिएको छ । पेन्सिलभेनियामा शुक्रबारसम्म हुलाकबाट आएका मतपत्रहरु गणना गरिनेछ । त्यसैले शतप्रतिशत मत गणनाका लागि शुक्रबारसम्म कुर्नुपर्नेछ । पेन्सिलभेनियामा अझै झण्डै साढे ७ लाख मतगणना गर्न बाँकी रहेको जनाइएको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com