अब यी बाँकी ६ राज्यको परिणाम कहिले आउला ? को छ अगाडि ?


प्रकाशित मिति : कार्तिक १९, २०७७ बुधबार

अमेरिकाका वासिंटन डिसी र ४४ राज्यको मतपरिणाम लगभग आइसकेको छ । अब ६ वटा राज्यहरुमात्र बाँकी रहेका छन् । जसमध्ये ४ वटा ब्याटलग्राउण्ड राज्यमा सबैको ध्यान केन्द्रीत रहेको छ ।

डेमोक्र्याट्सको पकड रहेको नेभाडामा नोभेम्बर १० सम्म हुलाकबाट प्राप्त भएका मतपत्रहरु पनि गणना गरिनेछ । तर ती मतपत्रहरु चुनावको दिनसम्म पोष्ट मार्क गरिएको हुनुपर्नेछ । नेभाडाबाट ६ इलेक्टोरल मत प्राप्त हुन्छ ।

त्यस्तै रिपब्लिकनको पकड रहेको अलास्कामा ३ इलेक्टोरल मत रहेको छ । अक्टोबर २९ पछाडि हुलाकबाट मतपत्र पठाएर हालिएका मत र अग्रिम मतदानमा सहभागी भएर हालिएका मतहरु अलास्कामा अर्कोसातामात्र गणना गरिनेछ । त्यसैले अलास्काको पूर्ण मतपरिणाम सार्वजनिक हुन समय लाग्नेछ ।

अमेरिकाको हरेक राज्यको इलेक्टोरल मत संख्या

अहिले सबैको ध्यान मिसिगनमा केन्द्रीत रहेको छ । ९९ प्रतिशत मतगणना भइसकेको मिसिगनमा बाइडेन शुन्य दशमलव ९ प्रतिशत अगाडि रहेका छन् । मिसिगनको अन्तिम मत परिणाम आजै आउने अपेक्षा गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै पेन्सिलभेनियामा हुलाकमार्फत प्राप्त मतहरु गणना भइरहेको छ । तर झण्डै ३० लाख मतहरु रहेकाले कहिलेसम्म गणना सकिने भन्नेबारे बताउन मुस्किल छ । यद्यपी आज रातीसम्म मतगणनाको मोटामोटी परिणाम आउने अनुमान गरिएको छ । तर पेन्सिलभेनियामा नोभेम्बर ६ सम्म हुलाकबाट प्राप्त मतपत्रहरु पनि गणना गर्नुपर्नेछ । यद्यपी प्राप्त हुन बाँकी मतपत्रको संख्या कम छ । पेन्सिलभेनियामा अहिलेसम्म ट्रम्प अगाडि छन् । तर गन्नबाँकी झण्डै ३० लाख मतपत्रमा झण्डै २० लाख रजिस्टर्ड डेमोक्र्याट्सहरु रहेका छन् ।

नर्थ क्यारोलिनामा नोभेम्बर १२ सम्म हुलाकबाट प्राप्त मतपत्रहरु गणना गर्नुपर्नेछ । त्यसैले अन्तिम घोषणा त्यतीबेलासम्म नहुने देखिएको छ । अहिले नर्थ क्यरोलिनामा ट्रम्पले अग्रता कायम गरिरहेका छन् ।

जर्जियाको मतगणना आजै समाप्त हुने अपेक्षा गरिएको छ । त्यहाँ ट्रम्पले अग्रता कायम गरिरहेका छन् ।

अमेरिकी राष्ट्रपति चुनावबारे सम्पूर्ण अपडेटका लागि यहाँ क्लीक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com